पाल्पामा करदाताको संख्या बढ्यो

पाल्पा जिल्लामा पछिल्लो समय करदाताको संख्या बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा मात्रै ३८ प्रतिशतले वृद्धि भएको पाइएको छ ।


Advertisement

पहिलो चौमासिकको अवधिमा जिल्लामा २९ हजार ९२९ करदाता रहेको करदाता सेवा कार्यालयले जनाएको छ । आव २०७५/७६ को असार मसान्तसम्ममा २१ हजार ६७१ करदाता रहेका थिए ।

करको दायरा बढ्नु, कर शिक्षा प्रभावकारी हुनु, आर्थिक कारोवार गर्ने सबैलाई अनिवार्यरूपमा प्यान नम्वर लिनुपर्नेजस्ता कारणले करदाताको संख्या बढ्न गएको करदाता सेवा कार्यालयका प्रमुख सागर पोखरेलले बताए ।


Advertisement

करदाताको संख्या वृद्धि भएसँगै चालू आवको ४ महिनाको अवधिमा २१ करोड ५५ लाख रकम संकलन भएको छ । अघिल्लो आवको अवधिमा ४५ करोड ३१ लाख ३ हजार ४४३ राजस्व रुपैयाँ संकलन भएको थियो । यस वर्ष सरकारले नीति तथा कार्यक्रममा बजेटसँगै करको दायरामा वृद्धि गरेकाले राजस्वसँगै करदाताको संख्या बढेको हो ।

पाल्पाको सदरमुकाम तानसेनमा रहेको करदाता सेवा कार्यालयले गुल्मी जिल्लामा पनि सेवा दिँदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्