मन्त्री गुमाएपछि गोकर्ण विष्टको भावुक भनाइ : पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गरें !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट बाहिरिएका निवर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको भावुक भनाइ व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै विष्टले श्रमिक र बेरोजगारको पक्षमा काम गरेको दाबी गरेका छन् ।


Advertisement

मन्त्रीको रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीप्रति कृतज्ञ हुँदै विष्टले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहें – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू र बेरोजगार युवाहरूको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरें । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद !’


Advertisement

कमेन्ट गर्नुहोस्