शपथ खाएपछि शहीदलाई माल्यार्पण गर्न पेरिसडाँडा र बल्खु पुगे मन्त्री लेखराज

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट शपथ ग्रहणपछि शहीदलाई माल्यार्पण गर्न पेरिसडाँडा र बल्खु पुगेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीको शपथ खाएपछि मन्त्री भट्ट शहीद गेट, पेरिसडाँडा हुँदै बल्खु पुगेका हुन् ।


Advertisement

मन्त्री भट्टले सबैतिर शहीदका सालिकमा माल्यार्पण गरेका नेकपा सुदूरपश्चिमका नेता ओमविक्रम भाट ‘सरल’ले बताए । ‘मन्त्री बनेपछि शहीदको सालिकमा माल्यार्पण गर्न शहीद गेट, पेरिसडाँडा र बल्खु जानुभएको हो,’ उनले भने, ‘अब मन्त्रालयको कार्यभार सम्हाल्न मन्त्रालय जानुहुन्छ ।’


Advertisement

मन्त्री भट्टले शहीद गेट, पेरिसडाँडा र बल्खु पुगेर राजनीतिक परिवर्तनमा योगदान गर्ने शहीदलाई सम्झेका छन् । पेरिसडाँडामा पूर्व माओवादीको कार्यालय थियो भने बल्खुमा पूर्व एमालेको कार्यालय रहेको थियो । बल्खु पुगेर मन्त्री भट्टले स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

मन्त्री मातृका यादव हटेपछि भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दै भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए ।


 

कमेन्ट गर्नुहोस्