×

NMB BANK
NIC ASIA

साग खेलकुदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने

मंसिर ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ । 
 
उद्घाटन र समापनका लागि मुख्यस्थलका रूपमा रहेको दशरथ रंगशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रंगशाला निर्माणको सम्पूर्ण काम यही मंसिर १२ गतेभित्र सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए ।

'बुधबारदेखि दशरथ रंगशालाको ‘भीआईपी’तर्फको छानो हाल्ने काम शुरू भएको छ, अन्य निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ', खेलकुद मन्त्री विश्वकर्माले भने ।

Muktinath Bank

उहाँका अनुसार साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने काम सकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ । भीआईपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरू हुनेछ ।  

दशरथ रंगशालाको भीआईपीतर्फको छानो एक हप्ताअघि काठमाडौं आइपुगेको थियो । स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चिनियाँ विमानमार्फत कार्गो गरेर एक हप्ताअघि नेपाल आइपुगेको थियो ।


Advertisment
Nabil box
Kumari

भीआईपी प्यारापिटतर्फको छानो चीनमा तयार भएर आएको हो ।
 
भीआईपीतर्फको छानो र ट्रस हाल्ने काम सँगसँगै अघि बढेकाले अबको तीन/चार दिनभित्र उक्त काम सकिनेछ ।

Vianet communication
Laxmi Bank

निर्धारित समयमा दशरथ रङ्शशाला तयार नभएपछि अहिले बिहान र बेलुका गरी दुई चरणमा करीब २०० भन्दाबढी कामदार खटिरहेको मन्त्री विश्वकर्माले बताए ।
 
विसं २०७२ को भूकम्पले दशरथ रंगशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो । दशरथ रंगशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन् । यता सातदोबाटोमा रहेको पौडी पोखरीको निर्माण कार्य पनि छिट्टै सकिनेछ । 
 
दशरथ रंगशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्स खेल हुनेछ । यस्तै पोखरामा निर्माणाधीन रहेको रंगशालाको प्यारापिट जोड्ने काम भइरहको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ । राखेपका अनुसार निर्माणाधीन मैदानका लागि आवश्यक ‘स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड’ दुई दिनअघि पोखरा पुगेको हो । अबको पाँच दिनभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ ।

राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको १३औं सागका लागि झण्डै साढे चार अर्ब बजेट छुट्याएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ । 

नेपालले नै दोस्रोपटक आयोजना गरेको आठौँ सागमा ल्याएको ऐतिहासिक सफलतालाई १३औं सागमा पुनरावृत्ति गर्ने सरकारको लक्ष्य छ । सन् १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो ।

त्यतिबेला नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४/१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कास्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।

सन् १९८४ मा नेपालबाट शुरूआत भएको दक्षिण एशियाली खेलको तेह्रौँ संस्करण करीब २० वर्षपछि नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो । 

पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ सागको उद्घाटन हुनेछ । 

सागअन्तर्गतको काठमाडौंमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । मुना कार्की / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x