उपेन्द्रलाई विस्थापित गरेका स्वास्थ्यमन्त्री भन्छन्– सस्तो लोकप्रियता र नाम कमाउन ध्यान छैन

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सस्तो लोकप्रियता र नाम कमाउनेभन्दा पनि आफू बिहानदेखि बेलुकासम्म सेवामा लाग्ने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रबाट जनताको सेवा गर्न आफू आएको बताए । 

‘मरो बानी जहाँ जिम्मेवारी दिएको हुन्छ, त्यहीँ डुबेर काम गर्ने र आफूले प्राप्त गरेको जिम्मेवारीमा कम्परमाइज नगरी अहोरात्र खटेर परिणममुखी काम गर्नुपर्छ भन्ने छ,’ बिहीवार स्वास्थ्य मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री ढकालले भने, ‘विज्ञापन र सस्तो लोकप्रियता मेरा लागि आकर्षणका विषय छैनन् । कसरी सार्वजनिक हुने र कसरी नाम कमाउन सकिएला भन्ने भयबाट मुक्त छु । सेवा गर्ने कुरामा बिहाददेखि बेलुकासम्म हात मिलाएर काम गर्ने प्रतिबद्धता जनाउँछु ।’


Advertisement

मन्त्रिपरिषद् पुनर्गठनमा ढकाल कानून मन्त्रालयबाट स्वास्थ्यमा सारिएका थिए । यसअघि स्वास्थ्य मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 


Advertisement

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री नवराज राउतले पनि बिहीवार नै शपथ लिएका छन । मन्त्रिपरिषद् विस्तारमा समाजवादी पार्टी नेपालका तर्फबाट राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादव हटाइएका छन् ।
 

कमेन्ट गर्नुहोस्