×

NMB BANK
NIC ASIA

१३औं सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

मंसिर ५, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औं दक्षिण एशियाली खेलकूद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ । खेलाडी दर्ताको अन्तिम दिन बुधबारसम्म नेपाल र पाकिस्तान बाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक टिममा पाँच पुरुष र महिला तीन गरी आठ जना सहभागी हुनुपर्ने भएपनि पाकिस्तानबाट समेत दुईजना खेलाडी मात्र दर्ता भएका दिए । गतवर्ष इण्डोनेसियामा सम्पन्न एशियन गेममा नेपालले जितेको एक मात्र रजत पदक प्याराग्लाइडिङमा थियो । सागमा प्याराग्लाइडिङबाट नेपालले कम्तीमा छ स्वर्ण पदकको आस गरेको थियो भने खेलाडीले गत वैशाखबाट तयारी शुरू गरेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको थियो ।

Vianet communication
Laxmi Bank

नेपालले छ स्वर्ण पदक जित्ने लक्ष्यसाथ तयारी गरे पनि प्रतियोगिता नहुने भएपछि खेलाडी तथा प्रशिक्षक निराश बनेको नेपाल प्याराग्लाइडिङ तथा ह्याडग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले बताए ।

सागमा सहभागी हुने नेपाल बाहेकका अन्य प्याराग्लाइडिङको राष्ट्रिय सङ्घ नहनु तथा स्थानीय क्लबलाई ओलम्पिक कमिटीले मान्यता नदिएकाले पनि अन्य देशको सहभागिता नभएको रावतको भनाइ थियो । महिला क्रिक्रेट, महिला फूटबल, आर्चरी, बीच भलिबल, ब्याडमिन्टन, ह्याण्डबल, भारोत्तोलन, र ट्र्याथलन खेल गरी आठ प्रतियोगिता भने पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ ।

पोखरामा हुने साग खेलकूदमा १४४ खेलाडी सहभागी बन्नेछन् । जसमा महिला ९२ र पुरुष ५२ छन् । आर्चरीको प्रतियोगितास्थल र अभ्यासस्थल पोखरा रङ्गशाला तोकिएको छ  । भारत्तोलन पोखरा–१२ स्थित केसी क्याटरिङ सर्भिस, ह्याण्डबल रङ्गशालामा हुनेछ ।

फुटबलको प्रतियोगिता रङ्गशालामा हुनेछ भने गौरीशङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतनामा अभ्यासस्थल तोकिएको छ ।

बीच भलिबल फेवाताल किनार बाराहीघाट, ट्रायथोलन बसुन्धरापार्क, ब्याडमिन्टन रङ्गशाला, क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्र तथा प्रतियोगिता रङ्गशालामा सञ्चालन हुने साग प्राविधिक समितिका सचिव बलराम थापाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x