प्राध्यापक फिरोज खानलाई संस्कृत पढाउन नदिइएपछि खानको समर्थनमा उठ्यो आवाज

भारतको बनारस हिन्दू विश्वविद्यालयको संस्कृत विभागमा प्राध्याप फिरोज खानलाई ल्याइएको विरोधमा विद्यार्थीहरूले १४ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् । तर विश्वविद्यालयमा अन्य धेरैले खुलेर खानको समर्थन गरेका छन् । 

विद्यार्थीहरूले बुधवार बेलुका खानको समर्थनमा एक जुलूस निकालेका छन् । उनीविरुद्धको प्रदर्शन रोक्नुपर्ने र उनलाई तत्कालै पढाउनका लागि अनुमति दिनुपर्ने उनीहरूको माग छ । जुलूस विश्वविद्यालयको प्रमुख द्वारबाट शुरू भएको थियो र १०० भन्दा बढी विद्यार्थीहरूले जोइन्ट याक्सन कमिटी – बीएचयूको ब्यानरमा प्रदर्शन गरे । 


Advertisement

ब्यानरमा लेखिएको छ, ‘डा फिरोज खान, हामीहरू तपाईंसँग छौं ।’


Advertisement

प्राध्यापक खानलाई बीएचयूको संस्कृत विद्या धर्म विज्ञान विभागमा सहायक प्राध्यापकको पदमा नियुक्त गरिएको थियो । तर गैरहिन्दूले संस्कृत पढाउन नपाउने भन्दै संस्कृत विभागका विद्यार्थीहरूले विश्वविद्यालयका उपकुलपतिको

कार्यकक्ष बाहिर विरोध कार्यक्रम राखेका छन् । विरोधका कारण खानले पढाउन पाएका छैनन् । 

तर फिरोज खानलाई उक्त पदमा छानेकाहरूले उनी पदका लागि सबभन्दा उम्दा उम्मेदवार भएको बताए । राधावल्लभ त्रिपाठी पनि छनोट समितिमा छन् । उनले भने, ‘फिरोज खानलाई उनको योग्यताका आधारमा छानिएको हो र उनी उक्त पदका लागि सर्वाधिक योग्य उम्मेदवार हुन् । उनले पाठशाला पद्धतिमा संस्कृतको ज्ञान हासिल गरेका हुन् । उनको नियुक्तिको विरोध गर्नेहरूको आफ्नै निहित स्वार्थ छ र यसलाई कदापि प्रोत्साहन गर्नुहुँदैन,’ प्राध्यापक त्रिपाठीले बताए । 

विश्वविद्यालय प्रशासनले बुधवार बेलुका एक प्रेस विज्ञप्ति निकालेर विरोध गरिरहेका संस्कृत विभागका विद्यार्थीहरूलाई तत्कालै कक्षा सुचारु गर्न आग्रह गरेको छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्