मन्त्रिपरिषद् विस्तारबारे भीम रावलका ४ प्रश्न– राष्ट्रपतिलाई किन संलग्न गराएको ?

फाइल फोटो

मन्त्रिपरिषद् विस्तारको प्रक्रियाप्रति नेकपाका प्रभावशाली नेता भीम रावलले असन्तुष्टि पोखेका छन् ।

मन्त्री चयनमा राष्ट्रपतिको संलग्नता रहेको देखिने कार्य गरिएकोमा पनि उनले आपत्ति जनाए । 


Advertisement

बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै रावलले संविधान निर्माणमा नेकपाको उछित्तो काड्नेलाई मन्त्री बनाइएकोमा पनि आपत्ति जनाएका छन् ।

उनको संकेत हृदयेश त्रिपाठीतर्फ हो, जो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।


Advertisement

रावलले धनबल र पूँजीबाट समानुपातिक सांसद बनेकालाई किन मन्त्री बनाइएको भन्दै प्रश्न समेत गरेका छन् । 


 

कमेन्ट गर्नुहोस्