×

NMB BANK
NIC ASIA

सत्ताको जवानी सम्झेर कांग्रेसले आरोप प्रत्यारोपको खेती गर्यो – प्रवक्ता बास्कोटा

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताएका छन् ।

Muktinath Bank

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी काँग्रेसले सत्ताको जवानी सम्झेर आरोपको खेती गरेकोसमेत टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले काँग्रेसको आरोप सन्तुष्टि लिन र उपनिर्वाचनको मुखमा तुष्टि लिनका निम्ति मात्रै भएको स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘काँग्रेसले आरोप लगाउन पाएकै थिएन । सात सालयता नेपालको राजनीतिक सत्ताको मियो नै काँग्रेस बनेको थियो । इतिहासमा पहिलोपटक नेपाली जनताले फैसला गरेको त्यो राजनीतिक सत्ता नेकपाको हातमा आयो । जवानी सम्झेर धुरुधुरु रुनुपर्नेजस्तो भएकाले आरोपको खेती उहाँहरुले गर्नुभयो ।’

Vianet communication
Laxmi Bank

राजनीतिमा विकृति ल्याएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री बाँस्कोटाले पञ्चायतपछिको पहिलो सरकार त्यसमा पनि सुविधाजनक बहुमत पाएको काँग्रेस नेतृत्वको सरकार आफ्नै कारण ढलेको भन्दै अस्थिरताको शुरुआत काँग्रेसबाटै भएको जिकिर गरे । ‘आरोप लगाउन पाइन्छ । उहाँहरु (काँग्रेस) ले २१ वटा आरोप लगाउनुभयो भने हामी २०४६ देखि २०७६ सम्मका २९ वर्षका २९ वटा आरोप लगाउन सक्छौँ । अनेक विषय हुनसक्छन् । प्रजातन्त्रका नाममा के–कस्ता विकृति भएका छन् । बालुवाटारको जग्गा सुवर्णशमशेर परिवारलाई प्रजातन्त्रका लागि योगदान गरेको भनेर कसले दिएको हो ?’, सञ्चारमन्त्रीले भने ।

उनले विगतमा भएका बेथितिको अन्त्य गर्दै मुलुकलाई सुशासनतर्फ अगाडि बढाउने दिशामा सरकार केन्द्रित भएको बताए । उनले भने, ‘हामी मुलुकलाई सुशासनतर्फ अगाडि बढाउन चाहेका छौँ, त्यसैले बालुवाटारको जग्गा पनि खोजी गर्दैछौँ । सुन तस्करको जालो पनि तोडियो । राजनीतिक संस्कारको कुरा गर्ने हो भने आलम (सांसद) को मुद्दामा काँग्रेसको निर्णय कस्तो छ ? लाउडा, धमिजा, पछिल्लो वाइडबडीलगायतमा छानबिन समिति बनाएर अनुसन्धान अघि बढाइएको छ । अहिले तीव्र आर्थिक वृद्धि, न्यायमा आधारित वितरण प्रणाली, औद्योगिकीकरणलगायत काम थालेका छौँ ।’

सञ्चारमन्त्री बाँस्कोटाले आर्थिक समृद्धि, सुशासन, न्यायसमेतको राजनीतिक व्यवस्थालाई सुदृढ गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार लागिपरेको बताए । उनले भने, ‘सरकारको २१ महिने कार्यकालमा केही कमीकमजोरी भएका छन् त्यसलाई सच्याउँदै जानुपर्छ । हामी कमजोरीलाई आत्मसात् गर्छौँ र हाम्रा सम्पूर्ण क्षमतालाई व्यक्तिका, राज्यका, प्रवृत्तिका र अन्तर्राष्ट्रिय सम्बन्धका सबै कुराहरुलाई लैजान्छौँ ।’

सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी दलले सहयोग नगरेका कारण २१ महिनासम्म संवैधानिक आयोगमा नियुक्ति हुन नसकेको बताए । सीमा सुरक्षणका लागि देश एकताबद्ध छ भन्दै उनले कूटनीतिक र राजनीतिक प्रयासबाटै अहिलेको सीमासम्बन्धी समस्याको समाधान खोजिनुपर्ने बताए ।

भारतले कालापानीमा सीमा मिचेको सन्दर्भमा सरकारले के कुरा ग¥यो भनी सोधिएको एक अर्को जिज्ञासामा सरकारका प्रवक्ता बाँस्कोटाले सीमाबारे राष्ट्रिय दृष्टिकोण बनाइएको र सीमा संरक्षणका लागि देश एकताबद्ध भएर लागेको बताए । उनले भने, ‘हामीलाई कसैको एक इञ्च जमीन चाहिँदैन र हाम्रो पनि एक इञ्च जमीन दिन सक्दैनाँै, यो कुरा प्रधानमन्त्रीले प्रष्टरूपमा राखिसक्नुभएको छ । सायद नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीको सिटमा बसेर प्रधानमन्त्री स्वयंले यस प्रकृतिको सिधा, जनताले समेत बुझ्ने र सम्बन्धित पक्षले नेपालको दृष्टिकोण थाहा पाउने गरी दिएको अभिव्यक्ति देख्दादेख्दै के ग¥यो भनेर प्रश्न नगर्नुभएनै राम्रो हुन्छ, चासोप्रति धन्यवाद छ ।’

सीमाको समस्या समाधान गर्न नेपाली जनता र अन्य राजनीतिक शक्तिले सरकारलाई तागत दिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भने, ‘त्यसैको जगमा सरकारले झण्डै ६५ वर्षदेखि बल्झिरहेको पुरानो मुद्दालाई टुङ्गोमा पु¥याउनुपर्छ तर यसका लागि समय त लाग्छ । यसको हामी कसैले पनि सैनिक समाधान अथवा सामरिक समाधान खोजेका हैनौँ, छैनौँ । सबैले त्यही कुरा त्यही पाटो रोजेका छौँ, संवाद र कूटनीतिक माध्यमबाट सत्य र प्रमाणका आधारबाट हामी हाम्रो जमीन स्थापित गर्छांै, यो सरकारको दृढता हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x