भारतसँग जोडिएको सीमा नाका आजदेखि ४ दिन बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रवारदेखि ४ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार शुक्रवारदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । 


Advertisement

मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधान सभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै शुक्रवार साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।


Advertisement

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

कमेन्ट गर्नुहोस्