नवनियुक्त मन्त्री भट्ट भन्छन्– 'औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा लाग्छु'

फाइल फोटो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् ।

चितवनमा शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


Advertisement

उनले भने, 'उद्योगीहरूले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरूलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरूको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।'


Advertisement

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो ।

अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए ।

मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न चितवन आएका थिए ।

कमेन्ट गर्नुहोस्