अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन परिवर्तन - आयोग नियन्त्रण गर्ने प्रधानमन्त्रीको चाहना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधानविपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन् ।

शुक्रवार डेमोक्रेटिक लर्यस एसोसियसनको वार्षिक साधरणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले अध्यादेश नियुक्ति हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए ।


Advertisement

पौडेलले भने, ‘म सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्न चाहान्छु, उहाँ यो संविधान अन्तर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन ।’


Advertisement

पौडेलले संवैधानिक परिषद् गठनसम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्