बुटवलमा खुला ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा आउँदो पुसमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

लाफा समूह बुटवलले दोस्रो खुला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।


Advertisement

प्रतियोगिता पुस ५ र ६ गते दुई हुने लाफा समूहका  अध्यक्ष तारासिंह रेश्मीले जानकारी दिए ।


Advertisement

युवालाई खेलमार्फत एकताबद्ध गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उनले बताए । यस क्षेत्रमा नै ब्याडमिन्टन खेलमा यो सबैभन्दा ठूलो राशिको प्रतियोगिता भएको उनले दाबी गरे ।

प्रतियोगिता दुई इभेन्टमा खेलाइने उनले बताए । जसमा खुलातर्फ उपाधि विजेता टीमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो टीमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टीमले नगद ३१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टीमले नगद २१ हजार १ सय ११, द्वितीय टीमले नगद नगद १५ हजार १ सय ११ तथा तृतीय टीमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए । दुई दिन हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताए । 

करीब २ सय जना खेलाडीबाट एक सय टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए । 

कमेन्ट गर्नुहोस्