भद्रपुर विमानस्थल मर्मतपछि पुनः सञ्चालन

फाइल फोटो

झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः शुक्रवारदेखि सञ्चालनमा आएको छ ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल शुक्रवारदेखि सञ्चालनमा आएको जनाएको हो ।


Advertisement

गत कात्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको १ हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन ।


Advertisement

उनले सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको बताए । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नति लगायतका काम गरिएको हो ।

कमेन्ट गर्नुहोस्