‘शी चिनफिङ विचारधारा’बारे काठमाडौंमा बहस

नेपाली कम्युनिस्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा शी चिनफिङ विचारधारा विषयमा अन्तर्क्रिया आयोजना गरिएको छ ।

नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो । नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो ।


Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले शी चिनफिङ विचारधाराले २ देशबीचको धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरीबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको जानकारी दिए ।


Advertisement

पूर्वमन्त्री तथा समाजका संरक्षक आनन्दप्रसाद पोखरेलले कार्यक्रमले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे । उनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भएपनि दुवै देशको गन्तव्य २ राष्ट्रको समृद्धि नै भएको बताए ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल–चीनबीचको सम्बन्धमा नयाँ युगको शुरूवात भएको र भ्रमणले २ देशबीचको व्यापार पारवहन तथा उत्तरी सीमा नाका खोल्नेलगायत महत्त्वपूर्ण काम भएको उल्लेख गरे ।

कार्यक्रममा चिनियाँ प्राडा ओयु लिमिङले आर्थिक समृद्धिका लागि निन्तरता चाहिन्छ भन्ने कुरा चीनका राष्ट्रपति शी चिनफिङ विचारधाराबाट सिक्न सकिने बताए । समाजले नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्