×

NMB BANK
NIC ASIA

गूगल र फेसबूकको बिजनेस मोडल मानवअधिकारका लागि खतरा भएको एम्नेस्टी इन्टरनेसनलको भनाइ

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मानवअधिकारको अग्रणी संस्था एम्नेस्टी इन्टरनेसनलले गूगल र फेसबूकको जिनेस मोडल मानवअधिकारका लागि खतरा भएको बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एम्नेस्टीले एक प्रतिवेदन सार्वजनिक गरेर यी टेक कम्पनीहरूले गर्ने व्यापक निगरानीका विषयमा चिन्ता व्यक्त गरेको छ । यस मानवअधिकार संगठनले यी ठूला प्लेटफर्ममा मानवअधिकारहरूलाई हानि पुग्ने परिस्थिति उत्पन्न गरिरहेका छन् भनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबूकले यस रिपोर्टप्रति असहमति जनाएको छ । कम्पनीले मानवअधिकारलाई सशक्त बनाएको उसले बताएको छ । गूगलले मानिसहरूको विश्वासलाई कदर गरेको र प्रयोगकर्ताहरूको डेटाको सुरक्षाको जिम्मेवारी लिएको पनि भएको बतायो । 


Advertisment
Nabil box
Kumari

रिपोर्टमा लेखिएअनुसार, गूगल संसारभरि ९० प्रतिशतभन्दा बढी उपयोग गरिने सर्च इन्जिन हो र संसारको एकतिहाइ जनसंख्या दिनदिनै फेसबूक उपयोग गर्छ । 

Vianet communication
Laxmi Bank

५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबूकको बिजनेस मोडललाई अर्बौं मानिसलाई विश्वव्यापी निगरानी संज्ञा दिएको छ । यी टेक कम्पनीहरूले आधारभूत बिजनेस मोडलमा मौलिक परिवर्तन ल्याउनुपर्ने एम्नेस्टीले बताएको छ । 

फेसबूक र गूगलले आफ्ना सेवाहरूका लागि कुनै पैसा नलिने गरेको भए पनि उपभोक्ताहरूले पर्सनल डेटाका रूपमा यसको मूल्य चुकाउनुपर्ने हुन्छ । 

रिपोर्टमा क्याम्ब्रिज एनालाइटिकाको उदाहरण दिइएको छ र प्रयोगकर्ताहरूको व्यक्तिगत डेटा उनीहरूका विरुद्ध उपयोग गरिएको प्रमाण प्रस्तुत गरिएको छ । 

एम्नेस्टीले सरकारहरूलाई डेटा सुरक्षा सम्बन्धी कानून बनाएर ठूला टेक कम्पनीलाई प्रभावकारी ढंगले नियमन गरेर सर्भेलान्समा आधारित बिजनेस मोडललाई छानबिन गरेर त्यसमा सुधार ल्याउन अपील गरेको छ । 

एम्नेस्टीको रिपोर्टमाथि प्रतिक्रिया जनाउँदै फेसबूकले आफ्नो बिजनेस मोडल विज्ञापनहरूमा आधारित रहेको र मानिसहरूलाई आफ्नो आवाज उठाउन र एकजुट हुने अवसर दिएर मानवअधिकारलाई प्रोत्साहन गरिएको बताएको छ ।

उता गूगलले प्रयोगकर्ताहरूको व्यक्तिगत डेटा सुरक्षित राख्ने गरेको प्रतिक्रिया जनाएको छ ।

बीबीसीबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x