ट्विटरमा प्रयोगकर्ताहरूले मन नपरेको रिप्लाई लुकाउन पाउने अप्सन ल्याइँदै

आफ्ना ट्वीटमा आएका रिप्लाईलाई प्रयोगकर्ताहरूले लुकाउन पाउने अप्सन ट्विटरले ल्याउन लागेको छ । 

नयाँ फीचरले प्रयोगकर्ताहरूलाई निश्चित किसिमका रिप्लाई हाइड गर्ने अप्सन दिनेछ । आपत्तिजनक लागेका वा सार्वजनिक रूपमा अस्वीकार्य रिप्लाईहरू लुकाउन पाइनेछ । यसबाट अब प्रयोगकर्ताहरूले आफ्नो ट्वीटले सिर्जना गरेको संवादलाई थप नियन्त्रण गर्न अवसर दिनेछ । 


Advertisement

रिप्लाई हाइड गर्दा थ्रेडबाट रिमुभ हुने चाहिँ छैन । हाइड गरिएको रिप्लाई हेर्नका लागि प्रयोगकर्ताले त्यसमा क्लिक गर्नुपर्ने हुन्छ । 


Advertisement

सैद्धान्तिक रूपमा भन्दा यसले प्रयोगकर्ताहरूलाई आपत्तिजनक लागेको रिप्लाईको प्रभाव नरम बनाउन सहायता गर्नेछ । 

यस फीचरलाई अमेरिका, क्यानडा र जापानमा परीक्षण गरिसकिएको छ । अब यसलाई संसारभरि खुला गरिनेछ । दुर्व्यवहारयुक्त कन्टेन्टलाई निर्मूल गर्न र ट्विटरलाई थप प्रयोगकर्तामैत्री बनाउन यो पहल गरिएको हो । 

परीक्षणका क्रममा मानिसहरूले असान्दर्भिक, विषयान्तर भएको तथा रिसउठ्दो रिप्लाईलाई लुकाएको ट्विटरले पायो । 

एजेन्सी

कमेन्ट गर्नुहोस्