गुडिरहेको कार अचानक सडकको बीचमा बनेको खाल्डोमा पस्यो (भिडियो)

ब्राजिलको दक्षिणी भागमा रहेको फ्लोरेस दा कुन्हामा गुडिरहेको एक कार सडकको बीचमा बनेको ठूलो खाल्डोमा पसेको छ । 

सडक किनारमा राखिएको सीसीटीभी क्यामरामा यो अद्भुत दृश्य कैद भएको छ । मंगलवार दिउँसो निर्माण सामग्री बोकेको एक ठूलो ट्रक गुडेलगत्तै सडकमा प्वाल परेको थियो । 


Advertisement

ट्रकको पछाडि एक व्यक्तिले कार गुडाइरहेका थिए र उनले दिमाग लगाएर सडकको अर्को लेनमा गाडी लगे । 


Advertisement

तर पछाडिको कार चलाइरहेकी भानेसा कावाग्नोलीले सिधै खाल्डोमा लगेर कार हुलिन् । 

कावाग्नोली र उनकी छोरी गाडीबाट बाहिर निस्केको र खाल्डोमाथि आउन खोजेको देखिन्छ । पछि एकजना मानिस आएर उनीहरूलाई मास्तिर तानेका थिए । 

दुर्घटनामा कावाग्नोलीको नाक भाँचिएको छ र उनलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । 

उनकी छोरी आन्द्रेस्सा कार्नेसेलालाई सामान्य चोटपटक लागेको छ । 

दुर्घटना भएको सडकखण्ड पानी तथा ढलको ठ्याक्क माथि पर्छ । घटनापछि पाइपहरू भत्किएकाले स्थानीयहरूको घरमा पानी आएन । 

यो सडक पाँच दशक पुरानो हो । ट्रकको अत्यधिक भारका कारण सडक भासिएको हुन सक्ने अधिकारीहरूको भनाइ छ । 

खाल्डो पुर्नका लागि मजदूरहरूले बुधवार काम गरेका छन् ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्