सीके राउतको पार्टीले शनिवार काठमाडौंमा सभा गर्ने

फाइल

पृथकतावादी नारा त्यागेर शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको डा. सीके राउत संयोजकत्वको जनमत पार्टीले शनिवार काठमाडौंमा सभा आयोजना गर्ने भएको छ ।

‘रंगभेदविरुद्ध एकता र्‍याली तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन सहितको आमसभा’ गर्र्न लागिएको सो पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले जानकारी दिए । 


Advertisement

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई सीके राउतले सम्बोधन गर्ने कार्यक्रम छ । 

सभाअघि महाराजगञ्च चक्रपथ चोक, नयाँ बानेश्वर चोक, कुपण्डोल, कालीमाटी लगायतका स्थनबाट र्‍याली आयोजना गरिएको सो पार्टीले जनाएको छ । 


Advertisement

यसअघि टुँडिखेलमा कार्यक्रम गर्ने भनेर प्रचार गरिएपनि पार्टीको प्लेकार्ड तथा झण्डा प्रदर्शन आदि टुँडिखेलमा गर्न नमिल्ने भएकाले सभास्थल भृकुटीमण्डपमा सारिएको सदस्य सिंहले बताए । 
 

कमेन्ट गर्नुहोस्