पत्रकारद्वय अजयबाबु शिवाकोटी र जीवन भण्डारी पुरस्कृत

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान सहित पुरस्कृत गरिएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो वार्षिक साधारणसभाको अवसरमा पत्रकारद्धय शिवाकोटी र भण्डारीलाई सम्मान सहित पुरस्कृत गरेको हो ।


Advertisement

हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटी र राष्ट्रिय समाचार समिति (रासस) का उप–सम्पादक भण्डारीलाई कानून र न्यायको क्षेत्रमा पत्रकारितामार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिइन् ।

पोखरामा शुक्रवार आयोजित डिएलएको वार्षिक साधारणसभाका अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार शिवाकोटीलाई कानून पत्रकारिता सम्मान तथा भण्डारीलाई क्रियाशील युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।


Advertisement

साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधि सहभागी थिए । साधारणसभाले पोखरा घोषणापत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए । प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ मा वरिष्ठ कानुनविद् स्व. लक्ष्मणप्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।

कमेन्ट गर्नुहोस्