तावा र कराईले प्रतिनिधित्व गर्छन् ‘राहु’ – जुठो राख्नाले हुनसक्छ अनिष्ट

वास्तुशास्त्रका अनुसार घरमा भएका सामानहरूको उचित व्यवस्थापन नभए नराम्रो हुने मान्यता छ । सोही मान्यता अनुसार किचनको पनि विशेष ख्याल राख्नुपर्छ । किचनमा हुने भाँडाकुँडाको व्यवस्थापनले शुभ या अशुभ हुने गर्छ ।  

किचनमा हुने भाँडाकुँडाको सही प्रयोग भएन र प्रयोगपछि सही स्थानमा राखिएन भने अशुभ हुने वास्तुशास्त्रको मान्यता छ ।


Advertisement

वास्तुका अनुसार तावा र कराई राहुको प्रतिनिधित्व गर्ने भाँडाहरू हुन् । यिनीहरूको प्रयोग र राख्ने तरिकामा विशेष ध्यान दिन जरूरी छ ।

तावा र कराईलाई जुठो कहिल्यै राख्नु हुँदैन । यिनमा जुठो चिज पनि राख्नु हुँदैन । किचनमा जुठो हातले कुनै पनि भाँडा छुन नहुने वास्तुको मान्यता छ ।


Advertisement

किचनमा पवित्रता कायम राखिरहनु पर्छ ।

कमेन्ट गर्नुहोस्