घुस लिने जिल्ला अदालतका कर्मचारी विरुद्ध अख्तियारको एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी रु ६० हजार घुस माग गरेको आरोप लागेको छ ।


Advertisement

सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सव इञ्जिनीयर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले रु एक लाख २० हजार घुस मागेको अभियोग लागेको छ ।


Advertisement

आयोगले सव इञ्जिनीयर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।

 

कमेन्ट गर्नुहोस्