×

NMB BANK
NIC ASIA

सुरक्षाबारे चेतनाको अभावले आँखाका रोगी बढे

मंसिर ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आँखाको सुरक्षाबारे पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको संख्या बढ्दै गएको छ ।

Muktinath Bank

नयाँ विद्युतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपुर्‍याउनाले आँखा रोगीको संख्या बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो केही वर्षयता विशेषगरी बालबालिकामा आँखाको समस्या बढी देखिने गरेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाको सिकाइ र नयाँ पाठ्यक्रम इमेल, इन्टरनेटजस्ता इलेक्ट्रोनिक्स सञ्जालसँग जोडिएकाले पनि त्यसप्रतिको बढ्दो लगावले आफ्ना बालबालिकामा आँखाको समस्या भएको सर्वसाधरण स्वीकार्छन् ।


Advertisment
Nabil box
Kumari

‘स्कूलमा होस् वा घरमा बस्दा, केही सिक्लान्, इच्छापूर्ति होला भनेर मोबाइल, ल्यापटप दियो, केही समयपछि चश्मा लगाइदिनुपर्छ,’ भोजपुर नगरपालिका–५ बोखिमका युरी राईले भने, ‘एकोहोरो मोबाइल, टीभी, ल्यापटपमा बस्ने भएर पनि होला बच्चाहरूको आँखा दुख्ने, पाक्ने, कमजोर भएको छ ।’

Vianet communication
Laxmi Bank

आधुनिक विद्युतीय सामग्रीप्रतिको बढ्दो रुचिले पनि बालबालिकामा आँखाको समस्या दिनप्रतिदिन बढेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाबाहेक अन्य उमेर समूहका ग्रामीण सर्वसाधारणमा पनि आँखाको सुरक्षाबारे चेतना नहुँदा आँखाका समस्या बढेको चिकित्सक विजय तामाङ बताउँछन् । उनका अनुसार कतिपयको आँखाको ज्योति नै गुम्ने समस्या पनि देखिने गरेको छ । आँखामा चोट लाग्ने, मोतियाविन्दुका लक्षण भएका बिरामी, मधुमेह बिरामीहरू रोगलाई सामान्य लिने, मोबाइल, टीभी, कम्प्युटर, ल्यापटपलगायत विद्युतीय सामग्रीको प्रयोग बढी गर्नाले पनि बिरामीको संख्या दिनप्रतिदिन बढेको छ ।

अस्पतालको तथ्यांकअनुसार २०७३/७४ मा २ हजार १८७, २०७४/७५ मा २ हजार ३८६ र २०७५/७६ मा  २ हजार ५२७ बिरामी आँखाको उपचारका लागि आएका छन् । जसमा सबैभन्दा बढी बूढाबूढी र केटाकेटी रहेको अस्पतालले जनाएको छ । अहिले पनि अस्पतालमा दैनिक १० देखि १५ बिरामी उपचारका लागि आउने गरेको चिकित्सक सावित्रादेवी तामाङले बताए ।

विगतका वर्षबाट अस्पतालले विभिन्न ग्रामीण भेगमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यो वर्ष मात्रै जिल्लाका दिङ्ला, अन्नपूर्ण, घोरेटार, बालंखा, चयांग्रे लगायतका स्थानमा दर्जन बढी शिविर सञ्चालन गरिएको थियो । करीब २ वर्षअघि मात्र जापान सरकारको सहयोगमा आँखा अस्पताल बनेपछि अस्पतालमा केही जटिल शल्यक्रियाबाहेक सबै किसिमका उपचार, औषधि र परामर्श सहज र सुलभ भएको सर्वसाधारण सुनाउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x