×

NMB BANK
NIC ASIA

बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको आरोप लागेका मोहम्मद आफ्ताब आलमको बचाउमा दिएको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवा अझै पनि आलोचनाको केन्द्रमा रहने गरेका छन् । 

Muktinath Bank

त्यो अभिव्यक्ति कांग्रेसकै लागि प्रत्युत्पादक बनिरहेका बेला देउवा नेपाली भूमि मिचिएको भारतीय नक्सा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भन्ने अभिव्यक्ति दिएर थप विवादमा फसे । 
शनिवार कास्कीको पोखरामा आयोजित चुनावी सभामा देउवाले भारतले प्रधानमन्त्री केपी ओलीसँग सोधेरै नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीमाथि देउवाको आरोप सत्य हो भने ओलीले प्रस्ट पार्नुपर्छ, अन्यथा प्रधानमन्त्रीमाथि विपक्षी दलको सभापतिको निम्नस्तरको आरोप फगत चुनावी स्टन्ट मात्र रहेको पुष्टि हुन्छ । भारतले नेपालको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले धेरै फन्को लगाइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

भारतको नक्साकै विषयमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक पनि बोलाइसकेका छन् ।

Vianet communication
Laxmi Bank

बैठकमा प्रधानमन्त्रीको राष्ट्रियताको 'स्पिरिट' बलियो रहेको स्वयं कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ । तर ४/४ पटक प्रधानमन्त्री भइसकेका देउवाले बेला न कुबेला यस्तो आरोप लगाउँदा 'वेटिङ गभर्मेन्ट'को रूपमा रहेको प्रमुख प्रतिपक्षी दलका अन्य नेताहरूमाथि पनि विश्वसनीताको प्रश्न उठ्ने गरेको छ । 

देउवाको शनिवारको अभिव्यक्ति अनपेक्षित थियो । अनपेक्षित मात्र होइन, सामाजिक सञ्जालमा कतिपयले देउवाको अभिव्यक्तिलाई अत्यन्त गैरजिम्मेवार र आपत्तिपूर्ण अभिव्यक्ति भनी टिप्पणी गरेका छन् । 

देउवाको बोली यसरी फेरियो 

नोभेम्बर १ मा भारतले नयाँ जारी गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक २३ मा सर्वदलीय बैठक राखेर छलफल गरेका थिए । छलफलमा नेपालको भू-भागलाई समेटेर भारतले नयाँ नक्सा जारी गर्नु भारतको हेपाहा प्रवृत्ति रहेको निष्कर्ष निस्केको थियो । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कूटनीतिका माध्यमबाट यो विषयको समाधान गर्न प्रतिपक्षी दलको पनि समर्थन चाहिने बताएका थिए ।  

सर्वदलीय बैठकबाट निस्किएलगत्तै देउवाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखे – 'भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो, कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भू-भाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ ।'

सीमा विबादबारे छलफल गर्न कात्तिक २३ गते बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा लगायत

तर आफैंले सरकारलाई सहयोग गर्ने भनेर गरेको प्रतिबद्धतालाई कुल्चँदै देउवाले राष्ट्रिय स्वार्थको विषयमा प्रधामनन्त्रीलाई अनावश्यक लान्छना लगाउने प्रयास गरेका छन् । यसले उनको राजनीतिक कद झन घटेको मात्र नभई  विश्वसनीयतामा समेत ह्रास आएको छ । यस्ता हल्काफुल्का अभिव्यक्ति प्रमाणित नभए त्यसको चर्को मूल्य कांग्रेसले चुकाउनुपर्ने देखिन्छ । 

कांग्रेसकै नेता शेखर कोइरालाले देउवाको भनाइबाट आफू अचम्ममा परेको प्रतिक्रिया दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट आफ्ना सेना फिर्ता गर्न भारतलाई सार्वजनिक मञ्चबाटै आग्रह गरिसकेका छन् । बहालवाला प्रधानमन्त्रीले भारतलाई यस्तो आग्रह गर्नु हालसम्मको दुर्लभ घटना हो । प्रधानमन्त्रीको आग्रहलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले समेत भारतको राष्ट्रिय चासोको विषय बनाएका छन् । 

भारतको हेपाहा प्रवृत्तिविरुद्ध राष्ट्रिय एकता बनिरहेको अवस्थामा देखिएको थियो तर देउवाले बनिरहेको राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिए । अन्य कुरामा विमति रहेपनि राष्ट्रियता र सीमा सुरक्षाको मामिलामा विपक्षी दलले सरकारले लिइरहेको प्रयासमा सथर्मन जनाउनुपर्दथ्यो । 

देउवाको विवादास्पद अभिव्यक्तिको इतिहास 

देउवाको राजनीतिक अतीत र वर्तमान विवादमुक्त छैन । उनी कहाँ के बोल्ने भन्ने भेउ नपाउने गरेको स्वयं कांग्रेसकै नेताहरू स्वीकार्छन् । 

२०६१ साल भदौमा इराकमा नेपाली कामदारको सामूहिक हत्या भयो । त्यो बेला प्रधामनन्त्री रहेका देउवाले ‘त्यहाँका आतंकवादी र देशभित्रका आतंकवादी’ उस्तै हुन भनेर माओवादीलाई आरोपित गरेका थिए ।

माओवादी समस्यालाई वार्ताबाट हल गर्नुपर्छ भनेर देशभरि आवाज उठिरहेको बेलामा उनले तत्कालीन माओवादीलाई इराकका आतंककारीहरूसँग तुलना गरे । त्यसको व्यापक आलोचना भएको थियो ।

पछिल्लोपटक २०७४ सालमा प्रधानमन्त्रीको रूपमा भारत भएको समयमा समकक्षीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति विवादमा पर्‍यो । विदेशी भूमिमा गएर आन्तरिक मामिलाबारे बोलेको भनेर सदनमा समेत देउवाको चर्को आलोचना भयो । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताए । यद्यपि कांग्रेसलाई जिताएर आफू प्रधानमन्त्री बन्ने आकांक्षा नराम्रो नभएपनि ७ पटकसम्म प्रधानमन्त्री बन्न चाहेको उनको भित्री आकांक्षालाई जनताले दुत्कारे । 

७ पटक प्रधानमन्त्री बन्ने देउवा महत्त्वाकांक्षालाई मतदाताले धूलो चटाइदिए । त्यतिबेलै ‘कम्युनिस्टहरूले जिते रुन पनि पाइँदैन भनेर देउवाले विवादास्पद अभिव्यक्तिको श्रृंखला नै चलाए । कांग्रेसका लागि त्यो पनि प्रत्युत्पादक भयो । कांग्रेसको सबल पक्ष देखाउन भन्दापनि अरूका कमजोरी देखाएर आफूलाई अग्लो देखाउने काममा देउवा तल्लीन बने । 

२०७४ सालको संसदीय चुनावमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पनि देउवाको बानी सुध्रिएन । 

आलमको बचाउमा दिएको अभिव्यक्तिलाई दुई दिनमै खण्डन गर्नुपर्ने अवस्थाको सिर्जना भएको थियो । आलम प्रकरण सेलाउन नपाउँदै देउवाले पार्टी कार्यालयमा नेविसंघका कार्यकर्तालाई अपशब्द बोले । 

शनिवार कास्कीको पोखरामा दिएको गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्तिका कारण उपचुनावको पूर्वसन्ध्यामा कांग्रेसलाई अप्ठ्यारो परेको छ । 

के जानकारी र प्रमाणका आधारमा देउवाले ओलीमाथि गम्भीर आरोप लगाए ? कि राजनीतिलाई रत्यौली मैदान बनाउने छूट देउवामाथि छ ? 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x