×

NMB BANK
NIC ASIA

ओप्पोका चिफ फाइभजी साइन्टिस्ट भन्छन्– 'भविष्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ बन्छ'

मंसिर ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नोभेम्बर १८ का दिन सीएनबीसीद्वारा क्वाङचोउ चीनमा आयोजित वार्षिक टेक्नोलोजी फोरम इष्ट टेक वेष्टमा ओप्पोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरू माझ फाइभजीको भविष्यसम्बन्धी अन्तरक्रियामा सहभागिता जनाए ।

Sagarmatha Cement
Muktinath Bank

'भाविष्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रूपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकीकृत कनेक्टिभिटी सुचारू हुनुका साथै विभिन्न परिस्थितिमा उपयोगिता समेत ब्याप्त हुनेछ ।' 'द फ्युचर ईज नाउँ : हाउ फाइभजी विल ट्रान्सफर्म कम्युनिकेसन' शीर्षकको प्यानल डिस्कसनमा सहभागिता जनाउँदै ट्याङले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'फाइभजीबाट उपभोक्ताले ब्यापकरूपमा फाइदा लिन सकुन् भन्ने सोचका साथ ओप्पो, सक्रिय रूपमा फाइभजीका उपयोगिता बारे अन्वेषण गरिरहेको छ ।' सीएनबीसी ईस्ट टेक वेस्टमा अत्याधुनिक प्रविधिका बारेमा औद्योगिक धारणा प्रस्तुत गर्दै  ओप्पोका चिफ फाइभजी साईन्टिस्ट, हेनरी ट्याङले भने ,


Advertisment
Nabil box
Kumari

'सन् २०१८देखि यो अन्वेषणले ओप्पोका लागि थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो फाइभजी भिडियो कल डेमो र एमडब्ल्यूसी २०१९मा फाइभजी स्मार्ट फोन मार्फत विश्वमै पहिलो पटक वेइपो लाइभस्ट्रिम लगायत फाइभजी सम्बन्धि विभिन्न कोशेढुङ्गा स्थापनामा सघाव पुगेको छ ।

Vianet communication
Laxmi Bank

फाइभजी उपकरणको अग्रणी तथा प्रचारकका रूपमा ओप्पोले आफ्ना उपभोक्तालाइ निरन्तर नयाँ अनुभव प्रदान गरिरहेको छ,' उनले थपे ।

ओप्पोले आफ्नो फाइभजी व्यवसायलाई १ दर्जनभन्दा बढी देशहरूमा फिजाउनुका साथै सो बजारमा रहेका विश्वकै अग्रणी अपरेटर्ससंग सहकार्य गर्दै आफ्ना वैश्विक उपभोक्तालाई फाइभजी ह्याण्डसेट्स तथा सेवा उपलब्ध गराइरहेको छ । सन् २०१९ को मे महिनामा ओप्पो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रूपमा ओप्पो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो ।

यससँगै ओप्पो रेनो फाइभजी यूरोपमा ब्यवसायिकरूपमा उपलब्ध गरिएको पहिलो फाइभजी ह्याण्डसेट बन्न सफल भयो ।

विश्वभर ठूलो परिमाणमा फाइभजी विस्तारमा गति प्रदान गर्ने सोचका साथ ओप्पो र एरिक्सनले यही अक्टोबर महिनामा, संयुक्त फाइभजी ज्वाइण्ट ल्याबपनि स्थापना गरिसकेको छ । साथै, सन् २०१९को अन्त सम्ममा ओपाले क्वालकमद्वारा सञ्चारित पहिलो डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना समेत सार्वजनिक गरिसकेको छ ।

सन् २०१५मै स्थापित, ओप्पोको फाइभजी आरएण्डडी समुहले नयाँ पुस्ताको मोबाइल प्रविधिका लागि मानक निर्धारण सम्बन्धि क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ ।

सन् २०१९को अन्त्य सम्म आइपुग्दा ओप्पोले २ हजार ५ सय ग्लोबल प्याटेन्ट फ्यामिलिज्का लागि दर्खास्त दिइसकेको छ र १ हजार फ्यामिलिज् भन्दा बढी फाइभजी स्ट्याण्डर्ड(एसेन्सियल प्याटेन्ट्स, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीआईएस)मा घोषणा गरिसकेको छ ।

साथै, ओप्पोले ३ हजार भन्दा बढी फाइभजी मानक दस्तावेजहरू थर्ड जेनरेसन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ । यस संगै ओप्पो ईन्टरनेसनल स्ट्याण्डर्ड अर्गनाइजेसनको अग्रणी सदस्यका रूपमा श्रेणीकरण भइसकेको छ ।

सीएनबीसीको ईस्ट टेक वेस्टले विश्वकै सर्वाधिक प्रभावशाली प्राविधिक अगूवाहरूलाई एकै स्थानमा भेलापारी एआई देखि फाइभजी सम्मका अत्याधुनिक विषयमा अन्तरक्रिया गराउने गरेको छ । तीन दिने, आमन्त्रित मात्र सम्मिलित टेक रिट्रिटले लाइभस्ट्रिम मार्फत विश्वभरका १० करोड भन्दा बढी दर्शक माझ पुगेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x