×

NMB BANK
NIC ASIA

खराब नेता मात्र कि नागरिक पनि ?

मंसिर ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बीसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्ट्यान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभलिङ थु्र द डार्क) शीर्षकमा एक सशक्त कविता लेखे । एउटा मृगको बच्चोे जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरण गरेको घटनालाई कवितामा प्रस्तुत गरेर उनले पाठकलाई स्तब्ध बनाए । 

Muktinath Bank

हाम्रो देश आज त्यही मोडमा छ । बलियो सरकार निर्माणसँगै सघन विकास शुरू हुने आशामाथि धारावाहिक वज्रपात हुँदैछ । सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तर्विरोधले समृद्धिको सोच केवल आत्मरति बन्दैछ । सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी चुकेको क्षण 
खाली राजनीतिक अन्तर्विरोधलाई चर्काउनु, निकास ननिकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकास चाहिँ कहिल्यै भएन । विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सबल मानिएका अधिकांश देशहरू नेपालभन्दा साना छन् । नेपाललाई सानो देश भन्न मिल्दैन ।


Advertisment
Nabil box
Kumari

हामी संसारको ९४औं ठूलो राष्ट्र हौं तर विद्यालयमा ‘हामी धेरै साना छौं, हाम्रो मुटु सानो छ’ भन्ने जस्ता कविता पढाइन्छ र गलत मानसिकता निर्माण गरिन्छ । फरिद जकारियाको ‘द पोस्ट–अमेरिकन वर्ल्ड’  र जोसेफ एस नाईको ‘सफ्ट पावर’ अनि पराग खन्नाको ‘द फ्युचर इज एसियन’ जस्ता पुस्तकमा सुझाइएका अवधारणाको प्रयोगबाट एसियाका अधिंकाश देशले प्रगतिको नयाँ कद प्राप्त गरिसके । तर अपार सम्भावना र प्रचुर स्रोतसाधनका बाबजूद हामी असफलताउन्मुख छौं ।

Vianet communication
Laxmi Bank

सशक्त सरकार बनेपछि उक्त दुर्भाग्य रोकिने आशा थियो, तर गहिरिँदैछ । अनि नागरिक चाहिँ नेता गलत भएको भन्दै नेतृत्वको सत्तोसरापमा व्यस्त छन् । प्राचीन राजनीतिशास्त्री अरस्तुकृत पुस्तक ‘पोलिटिक्स’ले भन्छ, ‘खराब नागरिकले खराब नेता जन्माउँछन् र उसले देश सखाप पार्छ ।’ त्यसैले अब सुधार नागरिकको तहमा खोजिनुपर्छ ।
   
नागरिक सुधारको आवश्यकता 

सन् २०१२ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि मिट रोम्नी आफ्नै पेशा प्राध्यापनमा फर्किए । विदेशमा अधिकांश पूर्वविशिष्टहरू देशको ढुकुटी दोहनको सट्टा आफनै आर्थिक सामाजिक जीवनमा फर्कन्छन् । हामीकहाँ एकचोटि पदमा पुगेको मानिस जिन्दगीभर विलासी र सौखिन रहन्छ । 

यहाँ नेतृत्व निर्णयहीन त छँदैछ, नागरिक पनि लाचार छौं । खाली अरूको कटाक्ष गरेर बस्छौं तर आफैं अलिकति सकारात्मक र रचनात्मक योगदान दिन बिल्कुल सोच्दैनौं । विदेश भाग्नु मात्र समस्याको समाधान हैन । देशमा समस्या हुँदा आफैं समेत लागेर निराकरण गर्नुपर्छ, फेसबुकमा अर्ती/उपदेश छाँटेरमात्र हुँदैन ।

आधुनिकताको खोक्रो खोलमा खेतबारी बेचेर हतारहतार कोरिया र कतार धाउने अनि यहीँ बस्नेहरू दूध बेचेर कोकाकोला पिउने संस्कृतिले गर्दा पनि देशलाई जर्जर बनाउँदैछ । घरमा आलु भुटेर खान नचाहनेहरू रेस्टुरेन्टमा महंगो बिल तिरेर फिंगर चिप्स/फ्रेन्च फ्राईमा रमाउँछौं । बासी भातलाई पाखे र असभ्य मान्नेहरू फ्राइड राइसको सौखिन छौं । जहाँ संस्कार डामाडोल छ, त्यहाँ समृद्धि र सभ्यता गोलमाल हुन्छ । हाम्रो अवस्था यही हो ।  

हामी नागरिकहरू अरूलाई सल्लाह र सुझाव दिनमा उच्च कौशल राख्छौं तर आफ्नो ठाउँ सपार्न खोज्दैनौं । देशको बर्खिलाप गर्नमा रमाउछौं । घर मात्र ठूला बनाउछौं, बाटो बनाउदैनौं । राम्रो शिक्षा चाहन्छौं तर शिक्षणकर्मलाई मन पराउदैनौं, मर्यादित र सम्मानित हिसाबले हेर्दैनौं । सरकारी सेवामा छौं, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौं, आफैंले पनि विश्वास गर्दैनौं ।

ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे/भोलि भन्ने र अधिकांश समय चियापसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छ  ।

सरकारी कर्मचारीले पनि आफ्ना सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास  राख्दैनौं । विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कदै हिँड्छांै तर आफूआबद्ध विश्वविद्यालयमा सामन्य सुधार गर्नसमेत रुचि देखाउँदैनौं । स्वच्छ र सुन्दर समाज चाहन्छौं, फोहोर चाहिँ सडकमा फाल्छौं ।

सार्वजनिक पदमा हुन्छौं तर सेवाग्राहीलाई सहज, सुलभ सेवा प्रवाह गर्दैनौं । सरकारी सेवालाई जिम्मेवारी कम अनि कमाउने अवसरको रूपमा बढी प्रयोग गर्छौं । श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरिकन खानेलाई भाग्यमानी सम्झन्छौं । आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्नेगरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गर्नेतर्फ सोच्दैनौं ।

सहयोग र दाताका भरमा देश विकासको आशा गर्छौं । ड्याम्सिया मोयोको ‘डेड एड’ र जोनथान क्वार्जको ‘द बिग ट्रक द्याट वेन्ट बाई’ जस्ता पुस्तकहरूले देखाउँछन्, दान र सहयोगले देश धनी बन्दैन । बन्ने भए आज पूरै अफ्रिका संसारको सबैभन्दा धनी महादेश बनिसक्थ्यो । हामी पराधीन संस्कार र विरोधी मानसिकता मात्र राख्छौं ।
 
चिकित्सा ऐन बन्दा चिकित्सकबाट नै अन्धाधुन्ध आक्रामक अवरोध हुन्छ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा व्यापारी/व्यवसायीको प्रतिरोध आउँछ । राज्यको कर प्रणालीलाई पारदर्शी र योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागू गर्न, मजदूर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षाकोषमा समाहित हुन अनि बैंकमार्फत तलब भुक्तान गर्न समेत अनिच्छा देखाइन्छ किनकि त्यसो गर्दा पारदर्शी हुनुपर्ने बाध्यता हुन्छ । प्रशासन सुदृढीकरणमार्पmत चुस्त, किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन । ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे/भोलि भन्ने र अधिकांश समय चियापसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छ  ।

शिक्षालाई उत्तरदायी, स्तरीय तथा आधुनिक बनाउने योजनाविरुद्ध विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ । बजार अनुगमन भए स्वयं बिक्रेताहरू आन्दोलनमा उठ्छन् । न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माण सम्बन्धी काममा केही सुधार गर्न खोज्दा ठेकेदारहरूको विकराल असहयोग साथै विरोधमा विशाल शक्ति प्रदर्शन समेत हुन्छ । झन्डै आठ खर्ब रुपैयाँ करछली भएका तथ्यांकहरू बाहिरिँदैछन् । कर प्रणालीको सुधारमा व्यापारी/व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाट नै अवरोध हुन्छ । 

हरेक क्षेत्रमा कानूनको उचित पालना र कार्यान्वयन नभएकोमा सरकारलाई निरन्तर दबाब दिने सञ्चार क्षेत्र आफैंसमेत कानूनअनुसार नियमन भएर बस्ने धैर्य राख्दैन । विदेशी राजदूतले सिधै मन्त्रीहरू भेटेकोमा कूटनीतिक अनुपालनको बर्खिलाप भएको भन्दै सम्झाउने हैसियत राख्ने र आफूलाई मूलधार भएको घमण्ड र भ्रम पाल्ने केही छापाका सम्पादकहरू आफैं चाहिँ दूतावासको रंगीन भोजमा जाँदा मर्यादा ख्याल गर्दैनन् । सबैमा केवल गालीमोह र विरोधको आदत छ । 

नेतृत्वले नैतिकता देखाए र नागरिकले साथ दिए के हुँदैन ? महाशक्ति अमेरिकाको कठोर नाकाबन्दीबीच क्युबाको इतिहास सफलताको साक्षी छ । सन् २००१ को भूकम्पले हल्लाएपछि फेरिएको नेतृत्वले गुजरातलाई दिएको उचाइ उदाहरणयोग्य छ । केही वर्षपहिले पाकिस्तानले भूकम्पको समयमा विदेशी सहयोग नकार्दै आफ्नै बलबुताले संकट व्यवस्थापन गर्‍यो । तर हामी गन्तव्यमा सचेत छैनौं, मन्तव्य चाहिँ शानदार दिन्छौं । यहाँ देश बन्नु/नबन्नुमा कसैलाई चिन्ता छैन, केवल आफू बन्ने दौडाहा र हतारो मात्र छ । 

आत्मसात गरौं

हाम्रो नेतृत्व स्वार्थी त अवश्य छ तर नागरिक पनि संवेदनाहीन र स्वाँठ छौं । नेताहरूले केही नगरेको भनेर बिगुल बजाउँछौं अनि तिनैका पछि टोपी फुकालेर दौडन्छौं । प्रसिद्ध पूर्वीय शास्त्रीय दार्शनिक कन्फ्युसियस भन्थे, अरूलाई पढ्ने ज्ञानी मात्र हुन्छन् तर आफूलाई पढ्नेहरू चाहिँ अन्तर्यामी पनि हुन्छन् । हामी खाली अरूको बारेमा बढी जानकार रहन्छौं । सबै सु्ध्रिएको हेर्न चाहन्छौं तर पेशाकर्मी, व्यवसायी, शिक्षक, वकिल, सामाजिक अभियन्ता, विकास सहजकर्ता लगायत अन्य सबै सरोकारवालाहरू आफूसमेत सुध्रनुपर्छ भन्ने मान्न र त्यसको पहल गर्न तयार छैनौं ।

अहिले हरेक क्षेत्र व्यापारमा परिणत हुँदैछ, सबै सरोकारवालाहरू आफनो क्षेत्रबाट अकूत वाञ्छित तथा अवाञ्छित नाफा वा आम्दानी गर्ने ‘रेन्टसीकिङ एटिच्युड’बाट ग्रसित छौं । नेतृत्वलाई सुध्रन दबाब वा नयाँ विकल्प पनि दिदैनौं । खराब छन् भन्ने जान्दा जान्दै पुनः त्यही प्रवृत्तिका सोही पात्रलाई निर्वाचनमा जिताउँछौं अनि फेरि केही नगरेको भनेर कटाक्षेप गर्न थालिहाल्छौं । यस्तो सौखिन र विलासी औपचारिकताले देश अरूको परीक्षण प्रयोगशाला बन्दैछ, बेलैमा सचेत हुनुपर्छ । 

सबैले आआफ्नो ठाउँबाट राम्रो गरौं । अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैंबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले आफ्नो काम गर्न सिकौं । अहिलेसम्म बिग्रनुमा जिम्मेवार सबै छौं, सुधार्ने र सपार्ने प्रयास सबैले गरौं । नागरिक नै नसुध्रिएसम्म नेतृत्व सुध्रने सम्भावना हुँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x