×

NMB BANK
NIC ASIA

भारतबाट बोकेर ल्याएको एड्स श्रीमतीलाई सर्छ, समस्या लुकाउँदा अकालमै मृत्यु

मंसिर १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एचआईभी संक्रमणको समस्याबारे खुलेर भन्नेहरूले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरूले अकालमै ज्यान गुमाउँछन् । 

Muktinath Bank

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच संक्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआईभी संक्रमित छन् । सबैभन्दा बढी संक्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुषको मृत्यु भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरू एचआईभी संक्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण संक्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका सूचना अधिकारी जनक चन्दले बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, 'अभिलेखअनुसार ९६ एचआईभी संक्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन् । सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ ।'

जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको छ । यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन् ।

संक्रमितका छोराछोरीसमेत प्रायः संक्रमित हुने अवस्था देखिएको एचआईभी संक्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताए । उनका अनुसार आर्थिक अभाव हुने संक्रमितहरू उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन् ।

जिल्लामा संक्रमितमध्ये ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बताए ।

डडेल्धुरा सदरमुकामा रहको एआरटी सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन् । त्यसमध्ये आठ बालबालिका छन् ।

अझै २०० भन्दा बढी संक्रमित रहेको तर उनीहरू खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उनले बताए ।

पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन ।

सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका संक्रमितलाई सदरमुकाम आउनमा समस्या थियो । 

नवदुर्गा गाउँपालिका–५ चामाका एचआईभी संक्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन् । संक्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरूका बालबापिलका समाजबाट विस्थापित भएका थिए । ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए ।

कार्यक्रम अधिकृत ऐरले 'समाजले भेदभाव गर्ने गरेका कारण संक्रमित फेरि गाउँ छाडेर भारत फर्कने र समस्या लुकाएर राख्ने गरेका छन् ।

डडेल्धुरा जिल्ला अस्पतालमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिका संक्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन ।'

सरकारले एचआईभी संक्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

जिल्लामा रहेका एचआईभी संक्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x