सुनील शेट्टी भन्छन् : गीत सुनेर रुने गर्छु

सुनील शेट्टी चलचित्र उद्योगमा विगत २७ वर्षदेखि निरन्तर छन् ।

उनलाई अहिलेसम्ममा सबैभन्दा बढी याद रहने आफ्नो भूमिका भने १९९७ मा रिलिज भएको चलचित्रको छ ।


Advertisement

१९९७ मा प्रदर्शनमा आएको चलचित्र बोेर्डरमा निभाएको भूमिका सबैभन्दा बढी याद आउने गरेको उनी बताउँछन् ।

सो चलचित्रमा उनले भैरो सिंहको नाममा भूमिका निभाएका थिए । जसलाई चलचित्र जगतले निकै रुचाएको थियो भने दर्शकले पनि । 


Advertisement

उनी भन्छन्, 'मेरो पुरै फिल्मी करिअरको सबैभन्दा यादगार पल चलचित्र बोर्डरको शूटिङको हो । म त्यसमा निकै समय रोएको थिएँ ।'

‘सन्देश आते हैं...’ गीतमा बीकानेरमा शूटिङ भएको थियो, त्यहाँ धेरै ध्यान दिनुपर्दथ्यो, उनी भन्छन्, 'मेन डाइरेक्टर जेपी (दत्ता) सरले फिल्म ब्लोकबास्टर हुने बताएका थिए । आज पनि यो  गीत सुनेपछि म रुन्छु ।'

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्