×

NMB BANK
NIC ASIA

१३औं सागले पोखरेली पर्यटन व्यावसायी उत्साहित

मंसिर ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गरेको भ्रमणबाट प्राप्त विश्वव्यापकतापछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकुद (साग)को तीव्र प्रतिक्षामा छ ।

Muktinath Bank

सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका हुन् । 


Advertisment
Nabil box
Kumari

साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ ।

Vianet communication
Laxmi Bank

पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिकरूपमा आफैँमा सुन्दर शहर भएकाले सागअन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउँछन् ।

सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उनले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रूपमा लिएको दिए ।

सन् १९८४ मा नेपालबाट नै सागको शुरूआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो । त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो ।

यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ । कूल २६ खेलमध्ये आठ वटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ ।

प्रतियोगितामा सहभागिताका लागि दक्षिण एशियाली राष्ट्रबाट ठूलो सङ्ख्यामा खेलाडी, अफिसियल, विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रवर्द्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । यही मंसिर १५ गतेदेखि साग हुँदैछ ।

'पहिलोपटक पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनाले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनेछ', उनले भने ।

पोखरामा सञ्चालन हुने आठ खेलका लागि नेपालसहित सात राष्ट्रबाट ८४० खेलाडी तथा अफिसियलको पोखरामा आगमन हुने भएको छ ।

साग लक्षित पूर्वाधार निर्माण लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए ।

महिला क्रिकेट, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन, भारत्तोलन, आर्चरी  र ह्याण्डबलमा भाग लिन ६५० खेलाडी तथा १९० अफिसियल आउने भएको प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३९६ महिला तथा २५४ पुरुष छन् ।  

त्यस्तै सागका खेल सञ्चालका लागि विभिन्न देशका ४९१ टेक्निकल डेलिगेट, टुर्नामेन्ट डाइरेक्टर, रेफ्री, जज, राष्ट्रिय रेफ्री तथा टेक्निकल एसिस्टेन्टको सहभागिता रहने छ । भारतबाट पाँच खेलको लागि १८० खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ पुरुष, ६९ महिला तथा २५  अफिसियल रहेका छन् ।

माल्दिभ्सबाट पाँच खेलमा १३६ खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४  अफिसियल छन् । 

बंगलादेशबाट छ खेलको लागि पुरुष ५९, महिला ५५ र ३६ अफिसियल रहेका आउँदैछन् । पाकिस्तानबाट पाँच खेलमा ९४ खेलाडी तथा अफिसियलको सहभागिता हुनेछ, जसमा पुरुष ३८, महिला ३५ र अफिसियल २१ छन् ।

श्रीलङ्काबाट आठ खेलमा १७५ खेलाडी तथा अफिसियल आउँदैछन् । पुरुष खेलाडी ६१, महिला ८१ र अफिसियल ३३ को सहभागिता रहनेछ । 

भूटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ को सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला छ तथा अफिसियल सात जना रहेका छन् ।

सागका लागि पोखरा आउने पर्यटकले यहाँका प्राकृतिक सुन्दरताको मोहकता विश्वमाझ पुर्‍याउने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताए ।

'यो पोखराको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हो', उनले भने, 'खेल पर्यटनका माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा धेरै देशले फड्को मारी सकेका छन्, न्यानो आतिथ्यता दिएर यस अवसरलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ ।' वासुदेव पौडल र कृष्ण दवाडी / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x