×

NMB BANK
NIC ASIA

एनसेल मेला ६ शहरमा हुने

मंसिर १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल प्रालिले देशका विभिन्न ६ वटा शहरमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले जनाएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसेलले मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’को अनुरुप आयोजना गर्न लागेको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य पनि राखेको छ ।  


Advertisment
Nabil box
Kumari

चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुति, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरूवात इटहरीबाट हुनेछ ।

Vianet communication
Laxmi Bank

मंसिर २८ गते शनिवार इटहरीको जनता माध्यमिक विद्यालयको फूटबल मैदानमा मेला आयोजना गरिने छ । मेला मंसिर ३० गते सोमवार बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुस ३ गते बिहीवार जनकपुरको बाह्रविघा मैदान र पुस ५ गते शनिवार वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरिने जनाइएको छ । 

एनसेल मेला पुस ९ गते बुधवार धनगढीको सुदूरपश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ शनिवार बुटवलको सिद्घेश्वरी स्कूल मैदान, दीपनगरमा आयोजनापछि समापन हुनेछ ।

यी ६ वटै शहरमा एनसेल मेला १० बजे शुरू भई कम्सर्टसहित साँझ ७ बजेसम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजिटल जोनदेखि विभिन्न फिजिकल एक्टिभिटी बुथहरू, स्थानीय पर्यटन गन्तव्यको प्रवद्र्धन र एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहार मेलामा समावेश गरिएका छन् ।

मेलामा आउने सबै उमेर समूहका दर्शकको मनोरञ्जनलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम समावेश गरिएका छन् । 

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समूहको सांगीतिक प्रस्तूति, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टल, विदेशी कलाकारको सुटिङ स्टार एक्ट, थिम गेमहरू र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षण हुन् । 

मेलामा गायकहरू दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाइँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगञ्ज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।      

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् । 

मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।  एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x