×

NMB BANK
NIC ASIA

तस्करको जालो

सुन–चाँदी तस्करको अखडा बन्दै प्रदेश राजधानी, मुख्य गिरोहसम्म पुग्दैन अनुसन्धान

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२०७६ कात्तिक ३० गते जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका–१२ सार्सरका ४८ वर्षीय अरुणकुमार गुप्तालाई ४ किलो ६३१ ग्राम चाँदीसहित पक्राउ गर्‍यो ।
चाँदीका गरगहना शरीरमा कपडाले बेरेर लुकाइछिपाई साइकलमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले गुप्तालाई पक्राउ गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले भारतमा चोरी गरिएका गरगहना अवैध रुपमा तस्करी गरेर नेपालमा बिक्री गर्न आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको बताए । गुप्ताको साथबाट ७ लाख ३० हजार १ सय रुपैयाँ नगद समेत बरामद गरिएको थियो । ३ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरको चाँदी तथा नगद र साइकल समेत गरेर १० लाख ९९ हजार ५ सय रुपैयाँ सहितको मूल्यांकन गरी जनकपुर भन्सार कार्यालयमा कारवाहीका लागि बुझाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर भन्सारका अनुसन्धान अधिकृत केदार सापकोटाले गुप्तासँग बयान लिँदा आफू आलु–प्याज बिक्री गर्ने सामान्य व्यापारी रहेको बताएका थिए । ‘बरामद भएको चाँदी र नगद आफ्नो नभएको र आफू भरिया मात्र रहेको उनले बयान दिए,’ अधिकृत सापकोटाले भने, ‘भारतको बिहारस्थित जयनगरका एक जना साहुले सामान दिएर जनकपुरको जानकी मन्दिरको छेउमा पुर्‍याइदिनू, त्यहाँ एक जना मानिसले लिन आउँछ भनेर पठाएको गुप्ताले बयान गरे ।’


Advertisment
Nabil box
Kumari

अवैध सामान पठाउने र पाउने व्यक्तिबारे भन्सार अधिकृत मिश्रले अनुसन्धानमा खुलाउन सकेनन् । उनले विगतमा चाँदी नेपाल ल्याएर जनकपुरको जानकी मन्दिर छेउमा नचिनेको एक जना व्यक्तिलाई जिम्मा लगाएको बयान दिएका थिए । जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने सुरेन्द्र महतोले मंसिर १ गते बिगो बमोजिमको १० लाख ९९ हजार ५ सय  रुपैयाँ बुझाएर गुप्तालाई रिहा गराए ।

Vianet communication
Laxmi Bank

२०७६ कात्तिक ७ गते जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश गुप्तालाई ३ किलोग्राम २११ ग्राम अवैध चाँदीसहित सशस्त्र प्रहरीले पक्राउ गर्‍यो । तयारी गरगहना पाउजु र ब्रासलेट तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जनकपुर भन्सारका अनुसन्धान अधिकृत सापकोटाले गुप्तासँग बयान कागज गर्दा विगतमा महेन्द्रनगरमा किराना पसल सञ्चालन गर्ने गरेको भएपनि हाल बेरोजगार भएर तस्करीको काम गरेको बताएका थिए । भारतको जयनगरमा भारतीय व्यक्तिले सामान दिएर जनकपुरको जानकी मन्दिरको छेउमा एक व्यक्तिले लिन आउने र उसलाई दिनु भनेर भनेपछि सामान भारतबाट नेपाल ल्याएको बयान दिए तर चाँदी दिने र लिने व्यक्तिको पहिचान खुलेन । पक्राउ परेको भोलिपल्टै कात्तिक ८ गते २ लाख ३५ हजार २ सय ४९ रुपैयाँ धरौटी बुझाएर उनी रिहा भए ।

२०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलमा सवार भएर चाँदीको तस्करी गरिरहेका एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा मोटरसाइकल छाडेर भागेका थिए । बेवारिसे अवस्थामा बरामद भएको २ लाख रुपैयाँ मुल्य पर्ने मोटरसाइकलमा ७ लाख २९ हजार ३ सय १२ रुपैयाँ बराबरको २ प्याकेटमा १० किलोग्राम चाँदी बरामद गरेर मोटरसाइकलसहित सशस्त्र प्रहरीले जनकपुर भन्सार कार्यालयमा बुझाएको थियो ।

२०७६ असोज १० गते सशस्त्र प्रहरीको टोलीले जनकपुरधाम उपमहानगर–२२ बसबिट्टीमा ज७प ५७७१ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको पिपरा गाउँपालिका–५ सहोरवाका ३० वर्षीय भारतकुमार साहलाई पक्राउ गर्‍यो । मोटरसाइकलको तेल ट्यांकीमा चाँदी लुकाएर भारततर्फ लगिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । सशस्त्र प्रहरी बलका एसपी राजेश उप्रेतीका अनुसार साहलाई १३ लाख ७९ हजार ८ सय ९६ रुपैयाँ मूल्य बराबरको १८ किलो ५०० ग्राम चाँदी ५ वटा प्याकेट मोटरसाइकलको तेल ट्यांकीमा भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

साहले भन्सार कार्यालयमा बयान गर्दा आफू साइकल मर्मत गर्ने मिस्त्री रहेको र बरामद सामान आफ्नो नभई जनकपुरको पेठीया बजारमा एक जनाले महोत्तरीको परौल पुर्‍याइदिनु भनेर दिएको बयान दिए । चाँदी दिने व्यक्तिको अनुहार चिन्ने गरेपनि नाम भने थाहा नभएको, मोटरसाइकल पनि त्यहीँ साहुको रहेको भनेर उनले बयान दिए । मोटरसाइकल नम्बरको आधारमा मोटरसाइकल धनीको ठेगानासहित यकिन खुलाएर पठाइदिन भन्दै यातायात कार्यालयमा पत्राचार गरेको भएपनि हालसम्म जवाफ नआएको अनुसन्धान अधिकृत समेत रहेका भन्सार कार्यालयका प्रमुख मिश्रले बताए । १७ लाख ४३ हजार ८ सय ९६ रुपैयाँ धरौटी बुझाएर उनी असोज १२ गते रिहा भए ।

२०७६ असोज १४ गते धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित प्रहरीचौकी तुल्सियाहीमा चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको टोलीले मोटरसाइकलमा सवार व्यक्तिबाट अवैध चाँदीका गरगहना बरामद गर्‍यो । स२प ६६३० नम्बरको मोटरसाइकलमा सवार भएर भारततर्फ गइरहेका धनुषाको नगराइन नगरपालिका–४ फूलगामाका ३० वर्षीय जितेन्द्र ठाकुरलाई खानतलासी गर्दा कम्मरमा पहेलो रंगको प्लास्टिक र सुन्तला रंगको सानो प्याकेटमा चाँदी लुकाएर लगिरहेको अवस्थामा बरामद गरियो । २५ तोला अर्थात् १ किलोग्राम ३ सय ग्राम चाँदीका पाउजुका टुक्रा, सानो सीलजस्तो देखिने ८८ ग्राम चाँदीका टुक्रा, कागजमा बेरेर राखेको २ सय १४ ग्राम चाँदीका टुक्रा बरामद गरेको थियो । ८१ हजार २ सय ९० रुपैयाँ बराबरको चाँदी र ५० हजार रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल नेपाल प्रहरीले जनकपुरधाम भन्सार कार्यालयमा थप अनुसन्धानका लागि बुझाएको थियो ।

भन्सारका अनुसन्धान अधिकृत सापकोटाले अनुसन्धान गर्दा पक्राउ परेका ठाकुर महोत्तरीको मटिहानी नगरपालिकाको महावीर चोकस्थित लक्ष्मीनारायण ज्वेलर्समा काम गर्ने कामदार रहेको बताए । ज्वेलर्सका साहु मटिहानीकै अमरप्रसाद गुप्ता रहेका उनले बताए । ठाकुरले चाँदी लैजाँदा बिलबिजक पनि चाहिन्छ भनेर आफूलाई थाहा नभएको बयान दिएका थिए । असोज १५ गते नै ठाकुर २ लाख ८१ हजार २ सय ९० रुपैयाँ धरौटी राखेर रिहा भए ।

उल्लेखित केही घटनाले धनुषाका नाकाबाट नेपाल र भारतबीच अवैध सुनचाँदीको तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीका उपरीक्षक उप्रेतीका अनुसार पछिल्लो ३ महिनामा मात्रै धनुषाका विभिन्न नाकाबाट ५५ किलोग्राम अवैध चाँदी बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको छ । ‘जिल्लाका नाकाबाट अवैध रुपमा सुनचाँदीको व्यापक रुपमै तस्करी हुने गरेको छ,’ सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले भने, ‘नेपालबाट भारत लग्ने र भारतबाट नेपाल ल्याउने काम गरिएको छ ।’  

पक्राउ पर्ने व्यक्ति भरिया मात्र हुने देखिएको छ तर अवैध कारोबार गर्ने गिरोहसम्म न त प्रहरी पुग्ने गर्छ, न त अनुसन्धान गर्ने जिम्मेवारी पाएको भन्सार कार्यालयका कर्मचारीको नै । ‘प्रहरीले पक्राउ गर्ने हो तर अनुसन्धानको काम भन्सार कार्यालयको भएकाले थप अनुसन्धान गरेर अवैध तस्करको सञ्जाललाई पहिचान गर्नुपर्छ,’ उप्रेतीले भने ।

जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले भने, ‘जहिले पनि पक्राउ पर्नेहरू भरिया मात्र हुन्छन्, बयानका क्रममा जतिसुकै सवाल–जवाफ गर्दा पनि कसबाट लिएको र कसलाई दिन लागेको भन्नेबारे नखुलाउने गरेका कारण थप सञ्जालसम्म पुग्न सकिएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x