×

NMB BANK
NIC ASIA

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण चाँडै शुरू गरिने

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ ।

Muktinath Bank

एक सय २८ मेगावाट क्षमताको आयोजना प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागको पछिल्लो निर्देशन अनुसार थप अध्ययनको कार्य गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गतवर्ष नै विद्युत् विकास विभागलाई उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि बुझाएका अध्ययन प्रतिवेदन र तथ्याङ्क पुष्टिका लागि अन्तिम तयारीस्वरुप थप अध्ययनमा जुटेको प्रवर्द्धक कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

'विद्युत् उत्पादन अनुमतिपत्रका लागि रु ४० लाख दस्तुरसहित सम्पूर्ण अध्ययन प्रतिवेदनसहित विद्युत् विकास विभागमा दरखास्त दिइएकामा विभागद्वारा १०० मेगावाट माथिको आयोजनका लागि तोकिएको नयाँ मापदण्डअनुसार थप अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन भएको छ, सोही अनुसार अहिले भौगर्भिक अध्ययनका लागि आवश्यक काम गरिरहेका छौँ', प्रवर्द्धक कम्पनीका प्रबन्धक भानेन्द्रकुमार लिम्बूले भने । 

Vianet communication
Laxmi Bank

उनका अनुसार गत वर्षको पुस ५ गते उत्पादन अनुमति पत्रका लागि दस्तुरसहित दरखास्त पेश गरिएको थियो ।

विभागको निर्देशन अनुसार कार्यसम्पादन गर्ने क्रममा अहिले आयोजना क्षेत्रको भौगर्भिक अध्ययनका लागि ड्रिलिङको काम भइरहेको छ । इस्टमेनेजमेन्ट इञ्जिनीयरिङ सर्भिस प्रालिद्वारा तीन यन्त्रको सहायतामा २० ड्रिल होल गर्ने कार्य भइरहेको हो । उक्त काम आगामी फागुनसम्ममा सम्पन्न गरिसक्ने र अरु पक्रियामा अघि बढ्ने प्रवर्द्धक कम्पनीको तयारी छ । 

अनुमति पत्र लिने प्रक्रियमा नै लामो समय बितेकाले निर्माण शुरु गर्न ढिलाइ हुँदै आएको प्रबन्धक लिम्बूको भनाइ छ । अर्को वर्षको शुरुवातमा नै अनुमति पत्र प्राप्त हुनेमा ढुक्क रहेकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने उनको दाबी छ । अनुमति पत्र प्राप्त गरेको तीन वर्षमा नै आयोजना सक्ने गरी अन्य व्यवस्थापनको काममा जुटेको उनको भनाइ छ । 

आयोजना सम्पन्न गर्न कूल रु २६ अर्ब १२ करोड लाग्ने बताइएको छ । सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फूलबारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजना प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मुख्य प्रभावित क्षेत्रमा पर्छ । 

मेवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै सात किलोमिटर दुरीको सुरुङमार्फत विद्युत् गृहसम्म पुर्‍याउने योजना छ । फुङलिङ नगरपालिका– ३ स्थित गुहेँलीमा ‘अन्डरग्राउण्ड’ विद्युत्गृह रहने छ ।

उत्पादित विद्युत् हाङ्पाङ सव स्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x