साग खेलकुद : राति रंगिएको रंगशाला [फोटोफिचर]

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मंसिर १५ गतेदेखि हुँदैछ । 

सागको तयारीका लागि त्रिपरेश्वरस्थित दशरथ रंगशालाले मुहार फेरेको छ भने अन्य भौतिक संरचनाहरू पनि धमाधम बनिरहेका छन् । 


Advertisement

सागको उद्घाटन समारोह भव्य बनाइने भएको छ । उद्घाटन समारोहको पूर्वअभ्यास वा रिहर्सल शुक्रवार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म भएको थियो । त्यसबीच मार्चपासदेखि विभिन्न समुदायले झाँकीसमेत देखाएका थिए । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारभन्दा बढीले कलात्मक प्रस्तुति दिएका थिए ।


Advertisement

रातको समयमा गरिएको रिहर्सलले रंगशालानै रंगिएको थियो । 

रिहर्सल तस्वीरमा हेर्नुहोस् : 

 

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्