×

NMB BANK
NIC ASIA

साताको शेयर : १ अर्ब ३२ करोडको कारोबार

मंसिर १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो ।

Sagarmatha Cement
Muktinath Bank

५ कारोबार दिनमा बुधवार मात्रै बजारले केही सुधारको संकेत गरेको भएपनि अन्य दिन नकारात्मक नै रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोबार भयो । ५१ लाख ५१ हजार २२७ कित्ता शेयर १ अर्ब ३२ करोड १० लाख १७ हजार १३५ रुपैयाँमा कारोबार भयो ।


Advertisment
Nabil box
Kumari

साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ विन्दुले घटेर १ हजार ११०.०८ विन्दुमा पुग्यो । कूल १६२ कम्पनीका ९ लाख २९ हजार ७४४ कित्ता शेयर २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

Vianet communication
Laxmi Bank

सोमवार भने बजारमा रमाइलो दृश्य देखापर्‍यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । 

नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर २८ करोड ८८ लाख ५८ हजार ४८४ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । मंगलवार भने नेप्से परिसूचक झिनो अंकले घट्यो । सो दिन नेप्से ०.९१ विन्दुले घटेर १ हजार १०९.१६ बिन्दुमा झर्‍यो । 

नेप्से आरोलो लागे पनि कारोबार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

बुधवार भने बजारमा सुधार देखापर्‍यो । नेप्से परिसूचक ८.३० अंकले वृद्धि भएर १ हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका ७ लाख ३८ हजार ४४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँमा खरिदबिक्री भए ।

बुधवारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ विन्दुले घटेर १ हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार ६ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँ मूल्यमा खरिदबिक्री भए । 

५ कम्पनीको शेयर सूचीकृत  

नेप्सेमा यस साता विभिन्न ५ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका ७ लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका १ करोड २ हजार ३८८ कित्ता शेयर सूचीकृत भए ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x