देउवाको प्रदेशमा नेकपालाई १ बोनस, कांग्रेससँग २ सिट खोसेर आफ्नो १ गुमायो [मत परिणामसहित]

सुदूरपश्चिम प्रदेशअन्तर्गत ५ जिल्लाका ७ वटा वडामा भएको उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सातै वडाको मतपरिणाम सार्वजनिक भइसक्दा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन् ।


Advertisement

नेकपाले पुर्चौडी नगरपालिका– ४ बैतडी, पुनर्वास नगरपालिका – ३ कञ्चनपुर, मेल्लेख गाउँपालिका– ५ अछाम, त्रिवेणी गाउँपालिका– १ बाजुरा र आदर्श गाउँपालिका– २ डोटीमा जित हात पारेको हो ।

कांग्रेस भने दोगडाकेदार गाउँपालिका – ४ बैतडी र सूर्यना गाउँपालिका – १ बैतडीमा विजयी भएको छ । 


Advertisement

मेल्लेख– ५ र त्रिवेणी– १ गुमाएको कांग्रेसले नेकपासँग दोगडाकेदार – ४ को नतिजा खोसेको छ ।

नेकपाले आफूले पहिले जितेको एउटा वडा गुमाउँदा कांग्रेससँग २ वटा वडा खोसेको छ ।

हेर्नुहोस्, सुदूरपश्चिम प्रदेशको अन्तिम मत परिणाम

नेकपाले जितेका वडाहरू :

पुर्चौडी नगरपालिका– ४ बैतडी

शैलेन्द्र धानुक (नेकपा) : ६६३ (विजयी)
गोविन्दबहादुर धामी (कांग्रेस) : ५५८
चन्द्रबहादुर बोहरा (स्वतन्त्र) : ३५
(पहिला एमालेले जितेको)

पुनर्वास नगरपालिका – ३ कञ्चनपुर 

कृष्णबहादुर तामाङ (नेकपा) : ५२८(विजयी)
दीपबहादुर तामाङ (कांग्रेस) : ३१०
भीमबहादुर पाख्रिन (समाजवादी) : ७५
पदमबहादुर शाही (राप्रपा) : ७
(पहिला एमालेले जितेको)

मेल्लेख गाउँपालिका– ५ अछाम

रमेशबहादुर खड्का (नेकपा) : ७७८ (विजयी)
वीरबहादुर बोहरा (कांग्रेस) : ५६३
(पहिला कांग्रेसले जितेको)

त्रिवेणी गाउँपालिका– १ बाजुरा

मनराजे बुढा (नेकपा) : ३६७ (विजयी)
खगेन्द्र चदारा (कांग्रेस) : ३४७
मीनबहादुर ढोली (राप्रपा) : २
(पहिला कांग्रेसले जितेको)

आदर्श गाउँपालिका– २ डोटी

रामबहादुर बोहरा (नेकपा) : ६६८ (विजयी)
महादेव साउद (कांग्रेस) : ६५६
भूमिसिंह खड्का (स्वतन्त्र) : १९१      
काशीराम ओझा (राप्रपा) : १५
(पहिला एमालेले जितेको)

कांग्रेसले जितेका वडाहरू :

दोगडाकेदार गाउँपालिका – ४ बैतडी
सुरेन्द्र प्रसाद भट्ट (कांग्रेस) : ५८४ (विजयी)
नरेन्द्रप्रसाद भट्ट (नेकपा) : ४८४
देवसिंह खत्री (राप्रपा संयुक्त) : ६
(पहिला एमालेले जितेको)

सूर्यना गाउँपालिका – १ (बैतडी) 
गजेन्द्रबहादुर चन्द (कांग्रेस) : २१९ (विजयी)
धनबहादुर चन्द (नेकपा) : २१५
(पहिला कांग्रेसले जितेको)

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्