मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मंसिर १५, २०७६
प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । उनले १३ हजार ४ सय ४९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार देवी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे । यस्तै नेमकिपाका निरज लबजुले ५ हजार ८ सय २९ मत प्राप्त गरे ।
नेकपाको किल्ला रहेको भक्तपुर क्षेत्र नम्बर १ को (क) कसरी कांग्रेसको हातमा गयो त ? यसको जवाफ खोज्न २०७४ सालको निर्वाचनमा फर्किनुपर्ने हुन्छ ।
०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेका हरिशरण लामिछानेलाई वाम गठबन्धनका आधिकारिक उम्मेदवार बनाइयो ।
त्यतिबेला तत्कालीन माओवादीका डीपी ढकाल बागी उठे र चुनाव हारे ।
यद्यपि त्यतिबेला एउटा उम्मेदवारले अर्कोलाई बागी भन्दै लान्छना लगाउने गरेका थिए ।
गठबन्धनका उम्मेदवार लामिछानेले १२ हजार ७ सय ८९ मत पाएर विजयी हुँदा बागी उम्मेदवार डीपी ढकालले जम्मा ७ सय ८६ मत ल्याएका थिए ।
यसबाट उक्त क्षेत्रमा तत्कालीन एमालेका मतदाताको पकड कतिसम्म रहेको छ भन्ने पुष्टि हुन्छ ।
गत वैशाख ३१ गते हृदयघातबाट लामिछानेको निधन भएको थियो ।
उपनिर्वाचनमा उम्मेदवारी तय गर्न बसेको नेकपाको सचिवालय बैठकले उक्त क्षेत्रमा पहिलेका अस्वीकृत उम्मेदवार ढकाललाई बनाउने आत्मघाती निर्णय गर्यो, जबकि उक्त क्षेत्रका मतदाताले यसअघिको निर्वाचनमा ढकाललाई जम्मा ७ सय मत दिएका थिए भने लामिछानेलाई १२ हजार बढी मत दिएका थिए ।
वाम गठबन्धन होस् या पार्टी एकीकरण होस्, त्यहाँका तत्कालीन एमालेका मतदाताहरूले कुनै वास्ता गरेनन् ।
पहिला अस्वीकार भएका उम्मेदवारलाई नै दोस्रोपटक चान्स दिएपछि यस्तै हुने नेकपाका एक केन्द्रीय कमिटी सदस्यले बताए ।
सचिवालय बैठकले डीपी ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि भक्तपुरमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्यो ।
पूर्वएमाले पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरिदियो । यो मुख्यतः व्यक्तिप्रतिको रुझान थियो ।
पार्टी सचिवालय बैठकको निर्णय नमानेर पूर्वएमाले मतदातालाई भड्काउन केही तत्वहरू सक्रिय रहेका देखिन्थे ।
अन्ततः स्थिति झडपकै सन्निकट पुग्यो । यसले नेकपाको चुनावी अभियानलाई नै प्रभाव पार्यो ।
पार्टीका शीर्ष नेताहरू पुगेर जतिसुकै एकताका पक्षमा भावनात्मक भाषण गरेर फर्केको भएपनि त्यहाँका पूर्व एमालेका मतदाताहरूलाई रिझाउन सकेनन् ।
अन्तर्घातको सिलसिला यतिमै सकिएन ।
डीपी ढकालका चुनावी अभियानका एक सहयोगीले भने, 'ठाउँ-ठाउँमा पैसा बाँडियो, माओवादीलाई भोट नहाल्ने भनेर ठूलो अभियान चलाइएको थियो । पार्टीभित्रैबाट यत्रो ठूलो अन्तर्घात होला भनेर हामीले सोचेका थिएनौं ।'
आफूसँग अन्तर्घातको प्रमाण रहेको जिकिर गर्दै उनले त्यो आवश्यक ठाउँमा देखाउने बताए ।
भक्तपुरमा अन्तर्घात हुने आशंका नेकपाका कतिपय नेताहरूले पहिल्यैदेखि गरेका थिए ।
अहिले कांग्रेसले जितेपछि अन्तर्घातको परिणामलाई लिएर टाउको ठोक्नुको विकल्प नेकपासँग रहेन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...