यी हुन्, नेकपाले जितेका २२ र कांग्रेसले जितेका ११ वडा [सूचीसहित]

विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म प्रदेश सभाको एक सीट र ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेशसभातर्फ भक्तपुर १ (१) मा कांग्रेसका कृष्णलाल भँडेल विजयी भए । उनले नेकपाका देवीप्रसाद ढकाललाई पराजित गरेका हुन् । 


Advertisement

निर्वाचन आयोगका अनुसार स्थानीय तहतर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२, नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा वडाध्यक्ष पदमा जित हात पारेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष लगायतका पदमा शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ । 


Advertisement

हेर्नुहोस्, कहाँ कसले जिते :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्