कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मंसिर १६, २०७६
विश्वमै सबभन्दा धेरै पशुबलि दिइने मेलाको रुपमा परिचित बारा जिल्लाको गढीमाईमा भक्तजनहरुको घुइँचो लागेको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका विभिन्न स्थानका भक्तजनको घुइँचो लागेको हो ।
मंसिर १ गतेबाट शुरु भएको मेलाको सोमवार राति विशेष पुजा र मंगलवार पशुबलि दिने कार्यक्रम रहेको छ । सोमवार राति देखि पूजा शुरु भएको र १७ गते मंगलवार पशुबलि दिने तयारी रहेको मन्दिरका पुजारी शम्भु चौधरीले लोकान्तरलाई जानकारी दिए ।
बलिको दिन अत्याधिक भीड लाग्ने भएका कारण मंसिर पहिलो सातादेखि नै दर्शनार्थीले मन्दिरमा पूजा गरेका छन । पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यसपटक ७५ लाखदेखि १ करोड दर्शनार्थी आउने अनुमान गरिएको मेला व्यबस्थान समितिका सचिव पारस गुप्ताले लोकान्तरलाई जानकारी दिए ।
दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै मन्दिर आसपासको क्षेत्रमा पाँचसय अस्थाइ शौचालय तथा पानीका धाराको व्यबस्थापन गरिएको गढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए । टाढाबाट आएका दर्शनार्थीको लागि टेण्ट टागेर धर्मशाला बनाइएको छ ।
मेला व्यवस्थापन मूल समितिका महासचिव मोतीलाल कुशवाहका अनुसार मंसिर १७ गते मंगलबार राँगा तथा १८ गते बोकाको बली दिने कार्यक्रम राखिएको छ । बलिका लागि बिहीवार सम्म ६ हजार राँगा आइसकेका मन्दिर व्यबस्थापन समितिका एक सदस्यले बताए । सोमवार राति सम्मपनि पशुबलिका लागि राँगा आइरहेका छन ।
सर्वोच्च अदालतले गढीमाइमा पशुबलि रोक्ने आदेश दिएपनि मन्दिरमा यसपटक पनि १० हजारको हाराहारिमा बलीका लागि रागाँ आएको मन्दिर व्यबस्थापन समितिले जनाएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ साउन २० गते पशुपलि रोक्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
पर्साको सीमावर्ती गाउँबाट आएका हरेराम पटेलले मनले चिताएको पुग्ने विश्वासका साथ बली चढाउन आएको बताए । ‘सर्वोच्चको आदेशका कारण यसपटक राँगा केही कम आएपनि यसक्षेत्रका सर्वसाधारणमा गहिरो धार्मिक आस्थाका कारण बलि रोकिएको छैन’ मेला आयोजक समितिका एक सदस्यले भने ।
पशुबलि दिदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको पुजारी शम्भु चौधरीले बताए । रागाँ, बोका, हासको बली दिने गरिएको छ । मन्दिरमा परेवा उडाउने व्यबस्था समेत गरिएको छ ।
एकजोडी परेवाको १ हजार रुपैयामा विक्री हुने गरेको व्यापारी सवुना खातुनले बताइन । कृष्ण प्रणामी संघ लगायत केही पशुअधिकार वादीले बली रोक्न मागगर्दै गढीमाइमा प्रदर्शन समेत गरेका थिए ।
गढीमाइ मेलामा आउने दर्शनार्थीको स्वागतका लागि बाराको कलैयादेखि स्वागतद्वार राखिएका छन । मेलाको अबसरमा मन्दिर आसपासमा व्यापारिक स्टल राखिएका छन भने नेपाल र भारतका विभिन्न स्थानबाट मगन्तेको समेत भीड लागेको छ ।
हेर्नुहोस् मेलाका तश्वीरहरु
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...