ग्लोबल आईएमई बैंक र रुपाकोट रिसोर्टबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र रुपाकोट रिसोर्ट प्रालिबीच रिसोर्टले बैंकका ग्राहक तथा कर्मचारीलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिने छूटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्ट प्रालिका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।


Advertisement

सम्झौतापश्चात् रुपाकोट रिसोर्ट, पोखरामा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छूट पाउने छन् । 

ग्लोबल आईएमई बैंकले ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता योजना ल्याउने गरेको छ ।


Advertisement

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १५१ एटीएम, १९५ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय (अस्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

कमेन्ट गर्नुहोस्