मधुमेह तथा युरिक एसिडका बिरामीले के खाने के नखाने ?

काठमाडौं- मानिसहरू खानपानमा बेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् । 

स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरू लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरूबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । 


Advertisement

मधुमेह 

अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँदा सुगरको मात्रा वृद्धि हुन सक्छ । मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त मानिन्छ । सीमित क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । कतिपयले मासुसँगै ड्रिंक्स पनि गर्छन् । अल्कोहल तथा कोल्ड ड्रिंक्समा क्यालोरी शून्य हुन्छ भने त्यसले सुगर बढाउँछ । गेटटुगेदर तथा चाडपर्वमा दुई चार पिस सुगरफ्रि मिठाईं खान सकिन्छ ।


Advertisement

युरिक एसिड

धेरैलाई रातो मासु मीठो लाग्छ । युरिक एसिडका बिरामीले रातो मासु खानुहँुदैन किनभने यसमा रहने प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँछ । दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनका कारण युरिक एसिड बढ्छ परिणामस्वरूप गोली गाँठा सुन्निन्छ । युरिक एसिड भएकाहरूले माछा खानुपर्छ भने पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।

कमेन्ट गर्नुहोस्