धितोपत्र बजार सुधारको यात्रामा

धितोपत्र बजारमा सुधारको यात्रा बुधवार पनि जारी रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार शेयर कारोबार मापक नेप्से परिसूचक ८.७३ अंकले बढेर १ हजार १२४.४७ मा पुगेको छ । सेन्सेटिभ परिसूचक १.५२ अंकले बढेर २४७.८६ मा अडिएको छ ।


Advertisement

परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधवार कुल १६९ कम्पनीका ९ लाख ९० हजार २७४ कित्ता शेयर ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ समूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.९६ अंकले बढ्दा व्यापार २.५९, होटल ४.१, विकास बैंक १०.५५, जलविद्युत् ३.०४, फाइनान्स २, निर्जीवन बीमा १०१.६५, उत्पादन २.४१, अन्य ५.६१, माइक्रोफाइनान्स ३३.०४, जीवन बीमा १४२.९१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अंकले बढेको छ । 

कारोबार रकमका आधारमा बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी खरिदबिक्री भयो । सो बैंकको शेयर २ करोड ८२ लाख ४२ हजार ९१६ रुपैयाँमा खरिदबिक्री भयो । एनआईसी एसियाको १ करोड ९३ लाख ६० हजार ७४६, एनएमबी बैंकको १ करोड ७२ लाख ५० हजार ४०१, हिमालयन डिस्टलरीको १ करोड ६६ लाख ९८ हजार ७२३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको १ करोढ ५४ लाख ३९ हजार ३६१ र एभरेस्ट इन्स्योरेन्सको शेयर १ करोड १७ लाख ४१ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भयो । 


Advertisement

परिसूचक बढेपनि वरुण हाइड्रोपावरका लगानीकर्ताले ७.९७ प्रतिशतले गुमाए । घोडीघोडा लघुवित्त वित्तीय संस्था ५.०१, सिन्धु विकास बैंक ४.६१, कालिका पावर कम्पनी ३.७०, नबिल इक्विटी फण्ड २.९०, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २.७० र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.३७ प्रतिशतले गुमाए । 

प्रभू इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.५० प्रतिशतले कमाए । गुराँस लघुवित्त वित्तीय संस्था ७.८५, लुम्बिनी जनरल इस्योरेन्स कम्पनी ७.७२, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंक ७.७१, सिभिल लघुवित्त वित्तीय संस्था ७.६९ तथा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ७.५५ प्रतिशतले कमाए ।

कमेन्ट गर्नुहोस्