×

NMB BANK
NIC ASIA

झण्डा फहराउँदै भ्रष्टाचारविरुद्धको जुलुसमा निस्किए राष्ट्रपति

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीके नेतृत्वमा भ्रष्टाचारविरुद्धको बृहत्  -याली निकालिएको छ।

Muktinath Bank

पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा बुधबार भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गरेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति मुसेभेनीले नेतृत्व गरेको प्रदर्शनमा उपराष्ट्रपति इड्वार्ड स्सेकान्दी, सभामुख रेबेका काडागा, प्रधानन्यायाधीश बार्त कातुरीबे, धार्मिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, आम नागरिकसहित सयौँ सहभागी भएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रदर्शन कन्सीच्युस्नल स्वायरबाट शुरु भई कोलोलो स्वतन्त्र मैदानमा पुगेको थियो । प्रदर्शनका कारण कैयौँ घण्टा सडकमा सवारी साधन रोकिएको थियो। देशको मुख्य समस्याका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।   

Vianet communication
Laxmi Bank

भ्रष्टाचारविरुद्धको अभियानको सुरुआत सन् २०१८ को डिसेम्बर १० तारिखका दिन राष्ट्रपति मुसेभेनीले नै गरेका थिए। अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन् ।   

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ। कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको जनाइएको छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x