ओपोले फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने

हवाई- ओपोले डिसेम्बर ३ का दिनआ योजित वार्षिक क्वालकम स्न्यापड्रागन टेक समिटमा सन् २०२० को पहिलो क्वार्टरमाक्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ ।

यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जीमोबाइल प्ल्याटफर्म, एकीकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।


Advertisement

'स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्राउपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन पस्कँदै छौं । स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्रीप्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिनफर्म फ्याक्टरमा अभुतपूर्व अनुभव पस्कन सघाउने छ । भविष्यमा थप फाइभजी उत्पादनहरू पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्त मात्रामा विश्वभर फाइभजी अंगिकरण गर्न टेवा पुर्‍याउनेमा हामी आशावादी छौं,' ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।

अभूतपूर्व स्न्यापड्रागन फाइभजी मोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा श्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जामैत्री फिचर्सबाट सुसज्जित बनाउनुका साथै आफ्ना उत्पादनमा उत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनका उत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभव लिन सघाउँछ ।


Advertisement

स्न्यापड्रागन ७६५जीमोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथा एकीकृत फाइभजी र ब्यूल्टअन ७ एमएमप्रोसेन प्रविधि  सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्रीप्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी र अद्वितीय फाइभजी अनुभव पस्कने छ ।

ओपो फाइभजी स्मार्टफोनका क्षेत्रमा अग्रगामी हुनुका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले युरोपमै पहिलो व्यावसायिक फाइभजी फोनका रूपमा रेनो फाइभजीलाई आधिकारिक तवरबाट स्विट्जरल्याण्डमा सार्वजनिक गरिसकेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्