कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धनगढी उपमहानगरपालिका र मुक्तकमैयाबीच जग्गाको विषयमा उत्पन्न विवाद टुंगो लागेको छ ।
उपमहानगरपालिकाले वडा नं. ८ स्थित राधाकृष्ण मुक्तकमैया शिविरमा बस्दै आएका तर नगर स्वास्थ्य भवन निर्माणको क्रममा उठीबासको संत्रासमा रहेका मुक्तकमैया परिवारलाई जग्गा दिने सहमतिपछि विवाद टुंगिएको हो ।
उपमहानगरपालिकाले निर्माधीन धनगढी सिटी हल र नगर स्वास्थ्य चौकीको बीचमा पर्ने खाली ऐलानी जमिनमा बसोबासको व्यवस्था मिलाएको वडा नं. ८ का वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।
२०६१ देखि बासोबास गर्दै आएका मुक्तकमैयालाई वडा कार्यालयले मन्दिरको जग्गामा बासोबास गर्दै आएको भन्दै सो जग्गा खाली गराई नगर स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको थियो । तर मुक्तकमैया परिवारले बिनाविकल्प आफूहरुको उठीबास गराउन थालेको भन्दै विरोधमा उत्रिएका थिए ।
उनीहरुले निर्माधीन भवनको कार्य रोकेपछि नगरपालिका र मुक्तकमैयाबीचको विवाद उत्कर्षमा पुगेको थियो । यसैबीच दोहोरो विवादको निकासको लागि लोकान्तरले पटक–पटक समाचार सम्प्रेषण गरेको थियो ।
समाचार प्रकाशनपछि विहिबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, वडा अध्यक्ष नारायण बराल, मुक्तकमैया, स्थानीबासी, राधाकृष्ण मन्दिरका प्रतिनिधिबीच छलफलपछि जग्गा दिने निर्णय गरिएको हो ।
निर्णय अनुसार मुक्तकमैया रविन चौधरी, विनोद चौधरी, सुशिल चौधरीलाई एकमुष्ट १ कठ्ठा, मुक्तकमैया वीर बहादुर चौधरी र करन चौधरीलाई एक मुष्ट १० धुर दिने निर्णय भएको छ ।
मुक्तकमैया जियाराम चौधरी, देवल चौधरी र सुल्फी चौधरीलाई ७/७ धुरको दरले जग्गा दिने निर्णय भएको वडा अध्यक्ष बरालले जानकारी दिए ।
शिविरमा बासोबास रहेका अर्का मुक्तकमैया किसन चौधरीलाई भने बाटो र कुलोको क्षेत्र छोडेर बाँकी देखिने जग्गामा जग्गा दिइने निर्णय भएको हो । त्यस्तै, अन्य मुक्तकमैया परिवारलाई पनि ३ महिनाभित्र व्यवस्थापन गरिने जनाइएको छ ।
यससम्बन्धी लोकान्तरले प्रकाशित गरेका समाचारहरू हेर्नुहोस् -
मुक्तकमैयालाई सन्त्रास : भोट माग्न हारगुहार गरेका वडाध्यक्षले डोजर ल्याएर गराए उठिबास !
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...