×

NMB BANK
NIC ASIA

सुन्दरीजल पुगिन खानेपानीमन्त्री, प्रशोधन केन्द्रको काम चाँडो सक्न निर्देशन

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन गर्न सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा भइरहेको कामको अवस्थाबारे निरीक्षण गरेकी छिन्।

Sagarmatha Cement
Muktinath Bank

मन्त्री मगरले पानी प्रशोधन केन्द्रसँगै सुन्दरीजलस्थित सुरुङको समेत बिहीबार निरीक्षण गर्दै  कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न विभागीय प्रमुखलाई निर्देशन दिइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ, भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा रहेको छ। मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन्। मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाइने आयोजनाले जनाएको छ।


Advertisment
Nabil box
Kumari

प्रशोधन केन्द्रको निर्माण जाइकाको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो। पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो। 

Vianet communication
Laxmi Bank

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पु¥याइनेछ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ । 

यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ। यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रिया सहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ। यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ ।

सम्पन्न भईसकेको प्रशोधन केन्द्रबाट प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन भईरहेको छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताए। सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको हो । 

मन्त्री मगर मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलाई लिएर प्रशोधन केन्द्रको निरीक्षणमा पुगेकी थिइन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x