×

NMB BANK
NIC ASIA

मिर्गौला प्रत्यारोपणको जिम्मा प्रधानमन्त्रीमै

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 प्रधानमन्त्री केपी ओली १० दिनसम्म सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराएर बिहीबार डिस्चार्ज भएका भएका छन्। एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) संक्रमण भएपछि प्रधानमन्त्री ओली मनमोहन थोरासिक कार्डियोभास्कुलर सेन्टरमा मंसिर १० गते भर्ना भएका थिए।

Muktinath Bank

डिस्चार्ज हुने बेला प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी मुस्कुराए तर केही बोलेनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीलाई अस्पतालबाट सीधै सरकारी निवास बालुवाटार लगिएको छ। डिस्चार्जपछि प्रधानमन्त्री ओलीको उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले भने, ‘केही दिन रेस्ट (आराम) लिनुपर्छ। त्यसपछि नियमित काममा जान सक्नुहुन्छ। हामी नियमित जाँच गर्छौं।’ प्रधानमन्त्री निवासमै चिकित्सकीय निगरानीमा रहने गरी डिस्चार्ज गरिएको उनले बताए।


Advertisment
Nabil box
Kumari

मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण    श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएका छन्। डिस्चार्जअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई आईसीयूमै पुगेर भेटेकी थिइन्।

Vianet communication
Laxmi Bank

डा. सायमीले भने, ‘प्रधानमन्त्रीज्यूलाई यहाँ ल्याउँदा हामी बढी चिन्तित थियौं। त्यो अवस्थामा सर्जरी गर्नु हाई रिस्क (उच्च जोखिम) को कुरा थियो। भाग्यबस उहाँको आत्मबलका साथै समयमा अस्पताल पुगियो। नेपाली जनताको शुभकामनाले १० दिनभित्रमा सामान्य भएर जानुभयो। तत्कालको समस्या सकियो।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे भने आफूले केही भन्न नसक्ने जनाए। उनका अनुसार प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहसहितको चिकित्सकीय टिमले प्रत्यारोपणसम्बन्धी निर्णय गर्नेछ। ‘मुटु र फोक्सो त ठिक छन्,’ उनले भने।

प्रत्यारोपणको जिम्मा प्रधानमन्त्रीमै

एपेन्डिसाइटिसको शल्यक्रियापछिको घाउ, औषधिलगायतका पक्षलाई प्रधानमन्त्री ओलीको शरीरले कसरी ग्रहण गर्छ त्यही आधारमा स्वास्थ्य अवस्थाको यकिन हुने निजी चिकित्सक डा. शाहले बताइन्।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमता ह्रास भएकाले नियमित डायलासिस हुँदै आएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी डा. शाहले भनिन्, ‘जरुरत पर्‍यो भने डायलासिस गर्छांै। त्यसपछि बिस्तारै सबै कुराको तयारी गरी भविष्यमा मिर्गौलाको प्रत्यारोपण गर्छौं।’

ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोेलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ‘नियमित डायलासिस भविष्यमा पनि गर्नुपर्ने हुन सक्छ। नियमित डायलासिस झन्झटिलो हुने हुनाले प्रत्यारोपण गर्दा सहज हुन्छ। स्वास्थ्यलाभ पनि राम्रो हुन्छ’, डा.शाहले भनिन्। प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सात पटक डायलासिस भइसकेको छ।

प्रधानमन्त्रीको व्यस्तताका कारण नियमित डायलासिस फिट हुन नसक्ने डा. शाहको भनाइ छ। ‘भविष्यमा पूरै छलफल गरी के गर्ने भन्ने ठ्याक्कै निर्णयमा पुग्नुपर्ने हुन्छ’, उनले भनिन्।

एपेन्डिसाइटिसको शल्यक्रियाका कारण प्रत्यारोपण तत्काल नहुने टुंगोमा चिकित्सक पुगेका छन्। डा. शाहले भनिन्, ‘मिर्गौला प्रत्यारोपण भनेको गल ब्लाडर (पित्तथैली) को अपे्रेसन गरेजस्तो होइन। धेरैे चिजको जाँच गर्नुपर्ने हुन्छ। यसमा इम्युनोलोजिकल र बायोकेमिकलको जाँच गर्नुपर्ने हुन्छ। शरीर पनि एकदमै फिट पार्नुपर्ने हुन्छ। पूर्ण रूपमा तयार पारेपछि मात्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ।’

एक महिनाभित्र प्रत्यारोपण हुन नसक्ने डा. शाहको भनाइ छ। ‘यही मितिमै प्रत्यारोपण हुन्छ भनेर यकिन गर्न सकिँदैन। अनुकूल समय मिलाउँछौं। अनि प्रत्यारोपणमा जानुपर्ने हुन्छ’, डा. शाहले भनिन्। प्रत्यारोपणका लागि तयारी अवस्थामा सम्भवतः दुई–तीन महिना लाग्न सक्ने चिकित्सकको आँकलन छ। तर, त्यसका लागि प्रधानमन्त्री ओलीको स्वास्थ्य कस्तो रहन्छ ? त्यसमा निर्भर रहने चिकित्सकले बताए।

मिर्गौला प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने कुराको निर्णय गर्न बाँकी रहेको डा. शाहले जानकारी दिइन्। ‘प्रत्यारोपण कहाँ गर्ने त्यो निर्णय हुन बाँकी छ’, उनले भनिन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा आफ्नो एकल निर्णय नहुने उनले बताइन्। ‘प्रत्यारोपणको निर्णय म एक्लैले गर्ने होइन। प्रधानमन्त्री, उहाँको पार्टी र परिवार सबैलाई राखेर गर्नुपर्छ। निर्णयमा पुग्ने कुरा सामूहिक छलफलबाट हुन्छ’, डा. शाहले प्रस्ट्याइन्, ‘मैले उहाँलाई के राम्रो हुन्छ र के उपचार गर्नुपर्छ भनेर सल्लाह दिन सक्छु। हामीले सल्लाह दिनेसम्म हो। सम्भवतः सिंगापुर र अमेरिका जाँदैनौं होला।’

पहिलो प्रत्यारोपणभन्दा दोस्रो मिर्गौला प्रत्यारोपणमा अलि बढी जोखिम हुने भनाइ डा. शाहको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साताअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाउँदै उपचारमा सहयोग गर्न तयार रहेको पत्र पठाएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x