कालापानी फिर्ता गराउन के प्रयास हुँदैछ ? उपप्रम पोखरेलले दिए जानकारी

फाइल फोटो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारसँग कुरा गर्दै उनले कालापानी र लिपुलेक हाम्रो भूमि भएको बताए ।


Advertisement

उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।

दुई ठूला पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमति र समझदारीबाट नै अगाडि बढिरहेको बताउँदै भर्खरै सम्पन्न भएको निर्वाचनपछि देखिएको परिणामबाट स्थानीय तहमै समीक्षा गरेर पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन पनि दिइसकेको स्पष्ट पारे ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्