पाँच लाखभन्दा बढी अवैध भारुसहित ४ जना पक्राउ

पाँच लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका- ९ बस्ने वर्ष ३२ को उमेशकुमार महरा, सिरहाकै लहान- १९ बस्ने वर्ष २९ को जिवछकुमार यादव, लहान- २० बस्ने वर्ष ४० को श्रीदेव महतो र सुनसरी रामध्वनी– ९ बस्ने वर्ष २९ को श्रवणकुमार चौधरीलाई पक्राउ गरिएको डीएसपी भेषराज रिजालले जानकारी दिए ।


Advertisement

विशेष सूचनाका आधारमा भगवानपुर गाउँपालिका वडा नम्बर १ बाट पक्राउ परेका उनीहरूको साथबाट अवैध भारतीय रुपैयाँ ५ लाख २९ हजार, नेपाली रुपैयाँ ४९ हजार बरामद भएको छ । 

उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको फाती कार पनि प्रहरीले नियन्त्रणमा लिएको । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्