×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सागमा नेपाललाई ४१ स्वर्ण, निजगढ विमानस्थलको काम तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

८१ स्वर्णसहित भारत शीर्ष स्थानमा, सागमा नेपाललाई ४१ स्वर्ण [पदकको सूचीसहित]
 

Muktinath Bank

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

Vianet communication
Laxmi Bank

नेपालले आज गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत     ८१    ५९    २५    १६५
नेपाल    ४१    २७    ४८    ११६
श्रीलङ्का    २३    ४२    ६९    १३४
पाकिस्तान    १९    २५    २९    ७३
बङ्गलादेश    ४    १८    ५१    ७३
माल्दिभ्स    १    ०    २    ३
भूटान    ०    ०    ६    ६


प्रवक्ता बाँस्कोटाको प्रस्टोक्ति : ‘वर्तमान सरकार देशभक्तहरूको हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरूको भएको बताएका छन् ।

उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’हरूको नभएको जिकिर गरे । 

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए ।

‘हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौं, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौं, बुझाउँदैनौं, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार गर्दैन । नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौं ।’

उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहोर्‍याए । ‘सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ,’ उनले भने । कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उनले प्रस्ट पारे । उनले जनताको चिन्ता र चासोप्रति सरकारको ऐक्यबद्धता रहेको बताए ।

‘हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन,’ उनले भने । मन्त्री बाँस्कोटाले शुक्रवारै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे ।

बलात्कार आरोपमा सिद्धबाबा थप ७ दिन प्रहरी हिरासतमा रहने

जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

पहिलो पटक थप गरेको म्यादभित्र अनुसन्धान पूरा नभएपछि दोस्रो पटक १० दिनको म्याद प्रहरीले माग गरेकोमा जिल्ला अदालत सुनसरीले सात दिनको लागि मात्र म्याद दिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।

पहिलो पटक चार दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गत कात्तिक ४ गते गिरीविरुद्ध बलात्कारको आरोपसहित उनकै अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । 


पौडीमा गौरिकाले दिलाइन् अर्को स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छन् ।

शुक्रवार सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।

गौरिकाले बिहीवार दुई सय मिटर फ्रीस्टाइलमा स्वर्ण जितेकी थिइन् । 

यससँगै नेपालले जारी सागमा ४१ औं स्वर्ण जितेको छ । 


प्रचण्ड भन्छन्– निजी क्षेत्रलाई प्रोत्साहन नगरी विकास सम्भव छैन

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताएका छन् ।

धनगढीमा शुक्रवार आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन– २०७६ मा पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताए ।

संविधानले निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यबारेको व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, 'देशभित्रकै बैंक वित्तीय संघसंस्थाका लागि लगानीको सुरक्षा र मुनाफा गर्ने वातावरण सिर्जना गर्न सकेनौं भने विदेशी लगानी भित्र्याउने कुरा कल्पना हुन्छ ।' 

उनले बैंक, वित्तीय संघसंस्था, व्यापारी पनि कर छल्ने र राज्यको राजश्व रोकिहालौं भन्ने प्रवृत्तिबाट माथि उठ्न जरुरी रहेको बताए ।

राज्यद्वारा लामो समयदेखि पछि पारिएका र परेका समुदाय र क्षेत्रलाई लोकतान्त्रिक प्रगतिशील राज्य सरकारले क्षतिपूर्ति दिन आवश्यक रहेकामा जोड दिँदै उनले भने, 'उनीहरूलाई कहीँ न कहीँ विशेष अधिकारका रूपमा, रिजर्भेशनका रूपमा हिजो गरिएको अपमानको क्षतिपूर्तिका रूपमा नयाँ परियोजना र थप बजेट दिन जरुरी हुन्छ ।'


निजगढ विमानस्थलको काम तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्कालका लागि विमानस्थल निर्माणको काम अघि नबढाउन आदेश दिँदै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रञ्जुहजुर पाँडे क्षेत्रीलगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चबाट 'स्टे अर्डर' जारी भएको हो ।

रिटमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी भएको मन्त्रिपरिषद्को निर्णय खारेजी र वन्यजन्तुको बासस्थान हराउने तथा मरभूमिकरण हुनेगरी रुख कटान रोक्न माग गरिएको छ ।

त्यस क्षेत्रमा रहेका ४/५०० वर्षभन्दा पुराना रुखहरूलाई विनास गर्ने निर्णय अमान्य घोषित गर्न रिटमा माग गरिएको छ ।

'नेपाल सरकारले निजगढ विमानस्थलका लागि ४००/५०० वर्ष भन्दा पुराना रुखहरू समेत रहेको जंगललाई विनाश गर्ने, सो क्षेत्रका रुख काट्ने र वन क्षेत्रलाई क्रंक्रिट क्षेत्रमा परिणत गर्ने गरी गरेको निर्णय तत्काल अमान्य र बदर घोषित गर्नका लागि जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ,' रिट निवेदनमा भनिएको छ ।

आगामी सातादेखि ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिने

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक ३ कार्य समयमा अनुमतिपत्र छापिने भएको छ ।

‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । 

केही दिनदेखि ‘मास प्रिन्टर’मार्फत छपाइ शुरू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागका ७ जना कर्मचारीले उपकरण सञ्चालनको तालिम समेत लिइरहेका छन् । उनीहरूले तालिम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो ।

‘१ साताभित्रमा तालिम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ,’ उनले भने । मास प्रिन्टरले दैनिक साढे ७ हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आएपनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरे समृद्धिका यी पाँच आधार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् ।

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए ।

सरकारी स्वामित्वका उद्योगहरू धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धरासायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।’

राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलकोे जोड छ ।

‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ,’ उनले भने, ‘एक्काइसौं शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।’ उपप्रधानमन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीय मिलेर लाग्नुपर्ने औंल्याए ।

शनिवार काठमाडौंका यी रूटमा गाडी चलाउन नपाइने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर २१ गते अर्थात् शनिवार उपत्यकाका केही  रूटमा सवारी नचलाउन अनुरोध गरेको छ । 

शुक्रवार ट्राफिक प्रहरी महाशाखाले  एक सूचना जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथुन दौड प्रतियोगिता दशरथ रंगशालाबाट हुने भएकाले दौड हुने क्षेत्रमा सवारी नचलाउन अनुरोध गरेको हो । 

म्याराथुन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भइ टेकु, कालिमाटी, कलंकी, बल्खु, सातोबाटो, कोटेश्वर, गठ्ठाघर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुन सल्लाघारी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तर ढोका, रानीपोखरी, जयनेपाल, संग्रहालय दक्षिण गेट, घण्टाघर, भद्रकाली, नागस्थान हुँदै दशरथ रंगशालासम्म सञ्चालन हुने हुने भएकाले यी-यी स्थानमा बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो । 

सौराहामा पुस १० गतेदेखि हात्ती महोत्सव


अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । ६ दिनसम्म सञ्चालन हुने यो महोत्सव १६ औं संस्करण हो । 

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् । 

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिने छन् ।

महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

महोत्सवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ ।

नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरूको संख्या कम हुने गर्दछ । नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गर्ने गरिएको छ ।

माघभित्रै राष्ट्रियसभा सदस्य निर्वाचन, राजनीतिक दलसँग छलफल हुँदै

निर्वाचन आयोगले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमवार छलफल गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो ।

राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक  दलहरुसँग परामर्श गर्न सोमवार छलफल कार्यक्रम आयोजना गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संघीय संसद् सचिवालयले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई अनुरोध गरेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको  मिति घोषणा हुनेछ ।

रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नुपर्नेछ ।’ 

राष्ट्रिय सभाका सदस्यको पहिलो पटक एकतिहाइ सदस्यको पदावधि २ वर्ष, अर्काे एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।


जब नेता नेपालले गरे देउवाको प्रशंसा - 'सीमा विवादमा तपाईंले लिएको अडान सही छ'

शुक्रवार बिहान विमानस्थलमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र युवानेता प्रदीप पौडेलबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको विशिष्ठ कक्षमा जम्काभेट भयो ।

पार्टी कामको सिलसिलामा नेता नेपाल सिमरा, सभापति देउवा र केन्द्रीय सदस्य पौडेल नवलपरासी, सिंह विराटनगर जाँदै थिए । वेटिङमा रहँदा पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल भयो ।

स्रोतका अनुसार दुई नेताबीच नेपाल-भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाविवाद समाधानका विषयमा छलफल भएको थियो । नेता नेपाललाई सरकारले विशेष दूत बनाएर दिल्ली पठाउने तयारी गरेको छ ।

'उहाँहरूबीच सीमाविवादका विषयमा छलफल भयो,' स्रोतले भन्यो ।

छलफलमा नेता नेपालले देउवाको प्रशंसा गरेका थिए । 'सीमा विवाद हल गर्नेसम्बन्धी तपाईंको अडान सह्रानीय छ,' नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'तपाईं प्रधानमन्त्री हुँदा पनि यसविषयमा अडान लिनुभएको थियो, अहिले प्रतिपक्षी दलको नेता हुँदा पनि अडान लिइरहनु भएको छ ।'

जवाफमा देउवाले भने, 'मैले सीमाविवाद हल गर्नका लागि केके काम गरें भन्ने त डकुमेन्ट नै छ नि !'

सभापति देउवाले सरकारको विशेष दूत बनेर नेता नेपाल भारत जाने सन्दर्भमा केही जिज्ञासा राखेका थिए । नेता नेपालले यो राष्ट्रिय दायित्वको विषय भएकाले यसलाई पूरा गर्न आफू लागिपर्ने बताए ।  

विराटनगर हिंडेका नेता सिंह पौने ८ मा विमानस्थल पुगेका थिए भने त्यसको ५-७ मिनेटमा नेता नेपाल पुगेका थिए । त्यसको केही मिनेटमा देउवा पुगे भने देउवा पुगेको १५ मिनेटपछि पौडेल पुगेका थिए ।

नेताद्वयबीच भएको कुराकानी सिंह र पौडेलले पनि चाख दिएर सुनिरहे ।

यसअघि बिहीवार मात्र सभापति देउवालाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देउवानिवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्याय र सीमा विवाद समाधानका बारेमा छलफल भएको थियो ।

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न पूर्व राष्ट्रपति यादवको आग्रह

पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताए ।

बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि बिहीवारदेखि शुरू भएको धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै नेपाल सरकारले योजना बनाएर कार्यान्वयन गरेको भए हालसम्म शिक्षा क्षेत्र धेरै अगाडि गइसक्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x