पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा विसं २०३४ सालमा रमाइलो मेला लागेको थियो । मेला भर्न विभिन्न ठाउँबाट हजारौं मानिसहरू आएका थिए ।
त्यतिबेला बुटवलका प्रतिष्ठित व्यक्ति द्वारिका उदय र भगवानदासले सिनेमा देखाउँदै थिए । सिनेमा हेर्न मानिसहरूको भीड लागेको थियो । मेलामा द्धारिकाका छोरा प्रदीपकुमार उदयले पनि सोही दिन पहिलोपटक सिनेमा हेरे ।
त्यसको एक वर्षपछि प्रदीपकुमार उदयका बाबु द्धारिकाले बुटवलमा सिनेमा घर (चलचित्र मन्दिर) बनाउने योजना बनाए । आजभन्दा ४१ वर्ष अगाडि द्धारिकाले ड्रमहरू काटेर पाता र बाँसले बारेर सिनेमा घर बनाए । भित्तामा कपडाको पर्दा हाले अनि त्रिपालले छानो छाए । बस्नका लागि पराल बिच्छ्याए । त्यस्तो फिल्म हल तयार भएपछि कक्षा ८ मा पढ्दै गरेका प्रदीपले पहिलोपटक चलचित्रको टिकट बिक्री गरे ।
चलचित्र हेर्नेहरूको भीड लाग्न थाल्यो । द्धारिकाले बुटवलमा चलचित्र हल बनाएपछि व्यावसायिक रूपमै चलचित्र क्षेत्रमा लागे । त्यसको ९ वर्षपछि (२०४५ साल) बुटवलमा व्यवस्थित र त्यो समयकै सुविधासम्पन्न बुटवल चलचित्र मन्दिर बन्यो । प्रदीप सम्झिन्छन्, ‘दर्शकको भीड थामिसक्नु हुन्थेन । पाल्पा, गुल्मी, स्याङ्जादेखि कृष्णनगरसम्मका मानिसहरू फिल्म हेर्न बुटवल आउँथे ।’
त्यो बेला नेपाली हिन्दी दुवै फिल्म हलमा चल्थे । त्यसपछि द्धारिकाले विसं २०४८ सालमा कपिलवस्तुको कृष्णनगर र २०५० मा नवलपरासीको सुनवलमा पनि चलचित्र हल निर्माण गरी तीन जिल्लाबासीहरूलाई सिने क्षेत्रको स्वाद चखाए । दुई/तीन वर्ष चलचित्र हलहरूले राम्रो पैसा पनि कमाए । नेपाली र हिन्दी दुवै चलचित्रहरू पनि राम्रोसँगै चले । मुलुकमा द्वन्द्व शुरू भयो । त्यसपछिका चलचित्र हलहरूको व्यापार ठप्प जस्तै भयो ।
द्वारिकाले साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा चलचित्र मन्दिर सञ्चालन गर्ने योजना द्वन्द्वका कारण त्यो योजना उदयको अगाडि बढ्ने । प्रतिष्ठित व्यक्ति द्वारिका विसं २०५९ सालमा आफ्नै घरबाट सम्पर्कविहीन भए । सबैतिर खोजी गर्दा पनि अहिलेसम्म पनि उनी फेला परेनन् । प्रदीपको बुवा सम्पर्कविहीन भएपछि सिनेमा हलहरूले राम्रो व्यापार पनि सकेनन् । द्धारिकाले बनाएका तीन वटा चलचित्र घर पनि बिक्री गरियो । बुवाको क्षेत्रलाई सहयोग/काम गर्दै आएका प्रदीपले पनि सोही क्षेत्र अंगाले । उनी अहिले सफल चलचित्र निर्माता, सञ्चार उद्यमी, समाजसेवी तथा राजनीतिज्ञ पनि बनेका छन् । उनी भन्छन्, ‘विभिन्न उतारचढावकाबीच सिने क्षेत्रमा लागियो ।’
चलचित्र निर्माताका रूपमा चिनिने उनी नेपाल चलचित्र संघको केन्द्रीय अध्यक्ष हुन् । २०४५ सालमा चलचित्र 'चेलिबेटी' बनाएका अध्यक्ष उदय अहिले चलचित्र क्षेत्रको निर्माता, वितरक हुँदै केन्द्रीय अध्यक्षमा पुगेका हुन् ।
उनका लागि यो अवसर र चुनौती दुवै थियो । उनका बाबु द्धारिकाले पनि फिल्म बनाउँथे । 'बाबाको प्रेरणाले नै म यो क्षेत्रमा आएँ,' प्रदीपले भने, ‘बाबाको व्यवसाय अहिले मैले अंगालेँ । यो क्षेत्रका काम गरेँ । रमाएको छु । सन्तुष्ट पनि छु । सिने क्षेत्र मेरो इच्छा हो ।’
उनले हालसम्म १२ वटा चलचित्र निर्माण गरिसकेका छन् । चेलिबेटी, अल्पविराम, कहीँ मिलन, कहीँ बिछोड, पहिलो पहिलो माया, हाम्रो माया जुनी जुनीलाई, मालतीको भट्टी, मञ्जरी, नमस्ते नेपाल, अर्धकट्टी, संरक्षण र नेवारी लाखे मञ्जु उनले निर्माण गरेका चलचित्र हुन् । उनले निर्माण गरेका चलचित्रमध्ये ६ वटाले दर्शकको मन जिते । उनको अहिले नेवाली लाखे मञ्जु चलचित्र प्रदर्शनको तयारीमा छ । उनले फिल्म बुवाको सम्झनामा द्धारिका उदय प्रोडक्सनबाट बनाउँछन् । बुटवलमा जन्मिएका ५१ वर्षिया उदय अहिले मुलककै सिने क्षेत्रको नेतृत्वमा छन् ।
उनी भन्छन्, ‘पछिल्लो समय केही वर्ष यताको चलचित्र उद्योगको व्यापार हेर्ने हो थुप्रै निर्माताहरूको लगानी डुबेको छ । म पनि त्यही मध्येको हुँ ।’ सिने क्षेत्रमा ठूलो लगानीसँगै जोखिमहरू पनि छन् । राम्रो कथा भएको चलचित्रहरूले २० करोडसम्म कमाएका पनि छन् । राम्रा चलचित्र बनाउने अभियान चलाउनुपर्ने उनको भनाइ छ ।
उनले बुटवलमा द्धारिका उदय सिने हल निर्माण गरेका छन् । मल्टिप्लेक्स फेजको हल हो । बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुदृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएको उदय बताउँछन् । सुनसरीको इटहरीमा पनि इलाइट मल्टिप्लेस उदयले नै सञ्चालनमा ल्याएका छन् । उनले अहिले धेरै समय बुटवललाई दिन्छन् । पछिल्ला वर्ष नेपालमा वर्षमा एक सय भन्दा बढी चलचित्र बन्ने गर्छन् । तीमध्ये आधा दर्जन जतिले मात्र लगानी उठाउन सकेका छन् । अझ भनौं दर्शकको मन जित्न सफल भएका छन् । अधिकांश फिल्मलाई दर्शकले झुर भनेर हल पस्दैनन् । उदय भन्छन्, ‘नेपालको सिने उद्योगका अर्बौ रुपैयाँ डुबेको छ । अब चलचित्र कम बन्नुपर्छ । गुणस्तरीय बन्नुपर्छ ।’
उनी थप्छन्, 'रहर र प्रलोभनमा परेर पनि धेरै निर्माताहरूले सिने क्षेत्रमा लगानी डुबाइरहेका छन् । फिल्म क्षेत्रमा नबुझी प्रवेश गर्दा धेरैले छोटो समयमै यस क्षेत्रबाट हात धोएर बाहिरिएका पनि छन् ।
दर्शक हलसम्म आउन चलचित्र राम्रो बन्नुपर्ने उनको भनाइ छ । 'हलहरू पनि स्तरीय हुनुपर्छ । पछिल्लो समय चलचित्र हलहरूको स्तरवृद्धि हुँदै आएको छ । यो सकारात्मक पक्ष हो, ’ उदयले भने ।
चलचित्र क्षेत्रमा अहिले गुणस्तर घट्दो छ तर पनि बन्ने क्रम बढ्दो छ । 'छक्कापञ्जा'देखि 'छ माया छपक्कै'जस्ता दर्शकले मन जित्ने चलचित्र बन्न सके नेपालको सिने बजार कमजोर देखिँदैन । फिल्ममा प्राविधिक र कलाकारको पारिश्रमिक बढिरहेको छ ।
उनी सिने क्षेत्रमा मात्रै होइन मिडियादेखि राजनीतिमा पनि नेतृत्व तहसम्म पुगेका छन् । उनी राप्रपा नेपालको प्रदेश पाँचको अध्यक्ष समेत हुन् । त्यस्तै उनले झापाको दमकमा स्टार, धरानमा रुस्लान एफएमसमेत सञ्चालनमा ल्याएका छन् । उनी भन्छन्, 'बुटवलमा द्धारिका एफएम पनि सञ्चालनमा आउँदै छ ।' उनी बुटवलको बुद्ध सामुदायिक टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् ।
उनले अन्तिममा भने, ‘सिने क्षेत्रसँगै सञ्चार क्षेत्रमा पनि हात हालेको छु । यो क्षेत्रलाई पनि अगाडि बढाउँछु ।’
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...